+
+
Shares

नगदसहित पक्राउ परेका सिरहा-३ का उम्मेदवार यादव छुटे

तीन दिनभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १४:३८

२० फागुन, सिरहा । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुटेका छन् ।

जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी उनलाई छाडिएको हो ।

उनी गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए ।

उनीसहित पक्राउ परेका पाँचजनालाई नै छाडिएको उप्रेतीले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामीले सम्पूर्ण कागजातहरू अध्ययन गर्यौं, तत्काललाई ३ दिनभित्र स्पष्टीकरण बुझाउने मौका दिएका छौं,’ उप्रेतीले अनलाइनखबरसँग भने, ‘उहाँहरूले बुझाएको स्पष्टीकरण र प्रमाणहरूको आधारमा थप प्रकृया अगाडि बढ्छ ।’

उनीहरू पाँचै जनालाई ३ दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउन आयोगले निर्देशन दिएको हो ।

त्यस्तै, बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको छ ।

प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीबाट राति करिब साढे १२ बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा उम्मेदवार यादवसहित बिष्णुपुर ५ लक्ष्मिपुरका ३२ वर्षिय श्याम कुमार यादव, ३५ वर्षिय राम प्रवेश यादव, ४० वर्षिय बप्रेन्द्र कुमार यादव  र सवारी चालक नरहा ३ का २८ को जितेन्द्र कुमार महतो पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?