+
+
Shares

पर्सा-४ मा १६ हजार मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:२४

२१ फागुन, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर– ४ मा बिहान साढे १० बजेसम्म १६ हजार मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पर्सा-४ मा हालसम्म १६ हजार ६ सय ४१ मत खसेको छ ।

९५ हजार २ सय १३ मत रहेको यो क्षेत्रमा ५३ हजार ६० पुरुष मतदाता र ४२ हजार १४७ जना महिला मतदाता रहेको क्षेत्र नं. ४ की निर्वाचन अधिकृत नुतन झाले जानकारी दिइन् ।

यो क्षेत्रमा ४८ मतदान स्थल र १ सय १४ मतदान केन्द्र रहेको झाले बताइन् ।

अहिले य क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?