+
+
Shares

गरिमा शर्माले हालिन् पहिलोपटक भोट, लेखिन् मर्मस्पर्शी कविता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री गरिमा शर्माले चितवनमा पहिलोपटक मतदान गरेकी छन् र सामाजिक सञ्जालमा आफ्नो मतदान अनुभव कविता सहित सेयर गरेकी छन्।
  • उनले आफ्नो पहिलो मतदानलाई जिम्मेवारीको चिनो, आवाज र देशप्रतिको कसम भएको बताइन्।
  • उनले भ्रष्टाचारमुक्त, युवाले आफ्नै माटो रोज्ने र आमाको अनुहारमा मुस्कान भएको देशको आशा व्यक्त गरिन्।

काठमाडौं । अभिनेत्री गरिमा शर्माले गृहथलो चितवनमा पुगेर मतदान गरेकी छन् । सामाजिक सञ्जालबाट फोटो सेयर गर्दैै उनले पहिलोपटक मतदान गरेको जनाएकी छन् ।

पहिलो मतदान अनुभव समेट्दै उनले कविता समेत लेखेकी छन् । गरिमाको कविता यस्तो छ :

मेरो पहिलो भोट

मेरो औंलामा लागेको यो निलो मसी
साधारण दाग होइन,
मेरो जिम्मेवारीको चिनो हो,
मेरो आवाज, मेरो अस्तित्व,
मेरो देशप्रतिको पहिलो कसम हो ।
जब म मतदान केन्द्र पुगेँ,
लाइनमा उभिँदा
मनमा हजारौँ प्रश्नहरू थिए,
डर लाग्थ्यो…
कतै गलत हातमा देश नपरोस्,
कतै मेरो पहिलो भोट
भोलिको पश्चाताप नबनोस् ।

तर फेरि सम्झिए भोलिका हाम्रा सन्तान को
सुनौलो भविष्य र स्वतन्त्र सपना…
मेरो आजको निर्णयमै त निर्भर छ,
केही अनुहारमा देखिन्थ्यो आशा,
केही भाषणमा परिवर्तनको वाचा,
मनले भन्थ्यो,
“सायद यिनैले देश बनाउनेछन्।”

तर भित्र कतै सानो डर पनि,
“यदि यी पनि उस्तै भए भने ?
यदि फेरि विश्वास टुट्यो भने ?
त्यसैले मेरो भोट
केवल कागजमा छाप होइन,
यो त प्रार्थना हो,
यो त विश्वास हो,
यो त भविष्यको बीउ हो ।

म चाहन्छु–
भ्रष्टाचारभन्दा माथि उठेको देश,
युवाले विदेश होइन, आफ्नै माटो रोज्ने देश,
आमाको अनुहारमा ढुक्क मुस्कान भएको देश,
आज मैले पहिलो पटक भोट हाल्दा
आँखामा आशा थियो,
मनमा डर थियो,
तर छातीमा साहस थियो !

मेरो पहिलो भोट
मेरो सपना हो,
मेरो संघर्ष हो,
मेरो भोलि हो ।

र म चाहन्छु-
यो कहिल्यै पछुतो नबनोस्,
बरु
मेरो पुस्तादेखि मेरा सन्तानसम्म
गर्वको कथा बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?