News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले १३ हजार ३६ मतसहित दोब्बर बढी मत ल्याएर अगाडि बढेका छन्।
- नेकपा एमालेका प्रदीप ज्ञवालीले ६ हजार १४६ र नेपाली कांग्रेसका चन्द्र भण्डारीले ५ हजार १४६ मत प्राप्त गरेका छन्।
- यो निर्वाचन क्षेत्रमा २१ उम्मेदवार छन् र चन्द्र भण्डारी यसअघि निर्वाचित भएका थिए।
२३ फागुन, काठमाडौं । हेभिवेट उम्मेदवार भएको गुल्मी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाल दोब्बर बढी मत सहित अगाडि बढेका छन् ।
विहान ४ बजेसम्मको मत परिणाम अनुसार उनले अहिलेसम्म १३ हजार ३६ मत ल्याएका छन् ।
उनलाई नेकपा एमालेका प्रदीप ज्ञवालीले ६ हजार १४६ र नेपाली कांग्रेशका चन्द्र भण्डारीले ५ हजार १४६ सहित पछ्याइरहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका सुदर्शन बराल २ हजार ३३८ मतमा छन् ।
यो निर्वाचन क्षेत्रमा २१ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ यसअघि अहिले तेस्रो स्थानमा रहेका चन्द्र भण्डारी निर्वाचित भएका थिए ।
उम्मेदवारको हिसाबमा यो सुपर हिट हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4