२७ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा कृषि विकास बैकले १६ लाख रुपैयाँ सहयोग गरेको छ ।
शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई बैकका अध्यक्ष प्रमोद कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष कार्कीले प्राकृतिक विपत्तिमा जनतालाई राहत र पुनस्थापना गर्ने कार्यमा सरकारलाई सघाउनु हरेक संस्थाहरुको कर्तव्य भएको बताउँदै सामाजिक उत्तरदायित्व अन्र्तगत सञ्चालक समितिको निर्णयले सो रकम प्रदान गरेको जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विपदको बेलामा सहयोग गरेकोमा धन्यवाद दिँदै सहयोग रकमको सदुपयोग होस भनेर अहिले विशेष ध्यान दिएको बताए ।
कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीसहित बैंकका वरिष्ठ कर्मचारी र अन्य सञ्चालकहरुको पनि उपस्थिति रहेको थियो ।