+
+
Shares

हुम्लामा रास्वपाकी टासी ल्हाजोमसहित चार उम्मेदवारको जमानत जफत

यहाँ नेपाली कांग्रेसका जयपति रोकायाले ८ हजार ७९७ मतसहित विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकाया ७ हजार २४३ मत ल्याउँदै दोस्रो भएका थिए ।

नरजन तामाङ नरजन तामाङ
२०८२ फागुन २५ गते १४:२३

२५ फागुन, हुम्ला । हुम्लामा ७ उम्मेदवारमध्ये ४ जनाको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार टासी ल्हाजोम, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जटिल कार्कीे नेकपा माओवादीका कुम्भ बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का छक्क बुढाको जमानत जफत भएको हो ।

यहाँ ३४ हजार ३७२ मतमध्ये २२ हजार गरि ३२८ मत खसेको थियो ।

प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जमानत जोगाउन कम्तीमा १० प्रतिशत मत पुर्‍याउनुपर्छ । १० प्रतिशत मत नकटाउने रास्वपाकी ल्हाजोमले एक हजार ६४, प्रलोपाका कार्कीले २४८, माओवादीका बुढाले १२८ र राप्रपाका बुढाले १२४ मत मात्रै प्राप्त गरेका छन् ।

यहाँ नेपाली कांग्रेसका जयपति रोकायाले ८ हजार ७९७ मतसहित विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकाया ७ हजार २४३ मत ल्याउँदै दोस्रो भएका थिए । यस्तै नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत पाए । यी तीन जनाले मात्रै जमानत जोगाएका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?