+
+
Shares

नेपालले शान्तिपूर्ण निर्वाचन गरेकामा बाङ्ग्लादेशी प्रधानमन्त्रीको बधाई

‘यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा र सहनशीलतालाई तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई प्रतिबिम्बित गर्दछ,’ प्रधानमन्त्री रहमानले लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते २१:५७

२५ फागुन, काठमाडौं । बाङ्ग्लादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएकामा बधाई दिएका छन् । सोमबार फेसबुकमार्फत प्रधानमन्त्री रहमानले संसदीय निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न गराएकामा  नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका हुन् ।

‘यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा र सहनशीलतालाई तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई प्रतिबिम्बित गर्दछ,’ प्रधानमन्त्री रहमानले लेखेका छन् ।

साथै, बाङ्ग्लादेश सरकार नयाँ सरकार र नेपाली जनतासँग मिलेर दुई देशबीचको लामो समयदेखि रहेको मित्रता तथा सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्न इच्छुक रहेको प्रधानमन्त्री रहमानले उल्लेख गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?