+
+
Shares

वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको नाम सार्वजनिक (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा ठगी गर्ने ३४६ भन्दा बढी व्यक्तिको नाम तथा विवरण सार्वजनिक गरेको छ।
  • नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको निर्देशन अनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको विवरण सार्वजनिक गरेको हो।
  • विभागले अबदेखि हरेक ३/३ दिनमा दर्ता भएका मुद्दाको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ।

२० चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेहरूको नाम तथा विवरण सार्वजनिक गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको निर्देशन अनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको विवरण सार्वजनिक गरेको हो ।

विभागले सार्वजिक गरेको सूची अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्म १ महिनाको अवधिमा ठगी गर्ने ३४६ भन्दा बढीको नाम सार्वजनिक भएको छ ।

विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका तथा वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा जाहेरी परेका प्रतिवादीहरूको सूची सार्वजनिक गरिएको हो ।

विभागले अवदेखि हरेक ३/३ दिनमा दर्ता भएका मुद्दाको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ । जसमा प्रतिवादीहरूको नाम, ठेगाना र विगो रकम उल्लेख गर्नेछ । सोही आधारमा पहिलो पटक एक महिनाभरमा परेको ठगीका उजुरीहरूमा समावेश गरिएको प्रतिवादीहरूको विवरण सार्वजनिक भएको हो ।

हेर्नुस् सूची–

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?