+
+
Shares

उपसभामुखमा रुबीकुमारीलाई प्रमुख प्रतिपक्ष दल कांग्रेसले पनि समर्थन गर्ने

प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुवीकुमारी ठाकुरको पक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर उम्मेदवार भएकी छन्।
  • नेपाली कांग्रेसले रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाएको छ।

२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुबीकुमारी ठाकुरको पक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि देखिएको छ ।

बिहीबार भएको उपसभामुखको उम्मेदवारमा श्रम संस्कृतिबाट रुवीकुमारी उम्मेदवार बनेकी छन् ।

उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ ।

कांग्रेसका एक शीर्ष नेताका अनुसार श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुवीकुमारीलाई पार्टीले समर्थन गर्ने भएको छ ।

श्रम संस्कृतिको उम्मेदवार रुबीकुमारलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने भएको छ ।

सभामुख र उपसभामुख फरक दल र लिङ्‍ग हुनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?