+
+
Shares

योजना आयोगमा ६ सदस्य नियुक्त, को-को परे ?

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १७:४५

२६ चैत, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ ।

योजना आयोग सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल नियुक्त भएका हुन् ।

सदस्य नियुक्त थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने प्रा. डा. आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।

त्यस्तै डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) का सिनियर फेलो हुन् । अर्याल शिक्षाविद् हुन् । उनी  यसअघि बालेन शाह काठमाडौं महानगरका मेयर रहँदा सल्लाकारको भूमिकामा थिइन् ।

प्रा. डा. झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक हुन् भने डा. मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन् । उनी नेपाल लिडरसिप एकेडेमीका  कार्यकारी कोच पनि हुन् ।

यसअघि सरकारले योजना आयोग उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?