News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले रामजी यादव र गौरीकुमारी यादवलाई मन्त्री बनाउन सिफारिस गरेका छन्।
- रामजी यादवले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागिपर्ने र देश बनाउन भूमिका निर्वाह गर्ने बताए।
- उनीहरूले मधेशसहित सिंगो राष्ट्र बनाउनुपर्ने र प्रधानमन्त्रीलाई पूर्ण समर्थन रहने बताए।
२७ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामजी यादवले मधेशसँगै सिंगो देश नै बनाउनुपर्ने जिम्मेवारीमा आफूहरू रहेको बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रामजीसहित गौरीकुमारी यादवलाई पनि मन्त्री बनाउन सिफारिस गरेका छन् ।
उनीहरूको नियुक्ति र शपथ आजै हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यादवले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागि पर्ने बताए ।
‘पार्टीले जिम्मेवारी दिएको छ । अब हामीले देश बनाउनका लागि जे जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्नेछ, त्यो गर्नेछौं । हामी एउटा राम्रो सेट गर्छौं । काम कसरी हुन्छ भनेर डिफाइन पनि गर्छौं,’ उनले भने ।
साथै, मधेशसहित सिंगो राष्ट्र बनाउनका लागि आफूहरू लागिपर्ने र प्रधानमन्त्रीलाई समर्थन गर्ने उनले बताए ।
‘जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । चुनौती र अवसर दुवै छ,’ उनले भने, ‘अब मधेशसँगै सिंगो देश नै बनाउनुपर्ने छ । प्रधानमन्त्रीलाई पूर्ण समर्थन रहनेछ ।’
प्रतिक्रिया 4