News Summary
Generated by OK AI. Editorially reviewed.- कतारले रमदानको अवसरमा ३ जना नेपालीलाई आममाफी दिएको छ।
- परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले कतारी आमिरले आममाफी दिएको बताए।
- नेपालले कतारलाई धन्यवाद दिएको छ र कुटनैतिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।
२७ चैत, काठमाडौं । कतारले ३ जना नेपालीलाई आममाफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।
आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ ।
लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ ।
यसअघि पनि कतारले यो अवसर पारेर आममाफी दिँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4