+
+
Shares

बागमती प्रदेशभित्र गाडी भाडा बढाउन सिफारिस, उपत्यकामा न्यूनतम २३.९३ रुपैयाँ पुग्ने

अहिले काठमाडौं उपत्यकामा न्यूनतम भाडादर (०-५ किलोमिटर) १९ रुपैयाँ छ । अब यो भाडा बढेर २३.९३ रुपैयाँ पुग्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारको सिफारिस अनुसार काठमाडौं उपत्यकामा न्यूनतम गाडी भाडा २५.९६ प्रतिशतले बढाएर २३.९३ रुपैयाँ गरिने तयारी छ।
  • प्रदेश यातायात मन्त्रालयले पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीमा १२.३९ प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशत भाडा वृद्धि सिफारिस गरेको छ।
  • विद्युतीय सवारीसाधनको भाडादर भने १ वैशाख २०७९ मा तोकिएको दरमै कायम रहनेछ र भाडा समायोजनका लागि प्रदेश राजपत्रमा प्रकाशन तयारी भइरहेको छ।

२७ चैत, काठमाडौं । बागमती प्रदेशभित्र गाडी भाडा बढाउने तयारी गरिएको छ ।

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले काठमाडौं उपत्यकाका हकमा न्यूनतम भाडादरमा २५.९६ प्रतिशत बराबर वृद्धि गर्न सिफासिर गरेको हो ।

अहिले उपत्यकामा न्यूनतम भाडादर (०–५ किलोमिटर) १९ रुपैयाँ छ । अब यो भाडा बढेर २३.९३ रुपैयाँ पुग्ने छ । प्रदेश यातायात मन्त्रालयका महाशाखा प्रमुख प्रविण श्रेष्ठका अनुसार भाडा दर बढाउन सिफारिस गरिएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ काठमाडौंमा रहेको र उनलाई भाडादर स्वीकृत गराउने तयारी भइरहेको उनका निजी सचिव भक्त भण्डारीले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन उपसचिव भुवन न्यौपानेले स्वीकृत भाडादर प्रदेश राजपत्रमा प्रकाशनका लागि मूख्यमन्त्री कार्यालयबाट तयारी अवस्थामा रहन निर्देशन आएको जानकारी दिए ।

यसअघि काठमाडौंमा ७ भदौ २०८० मा भाडा समायोजन गरिएको थियो । नयाँ सिफारिस अनुसार बागमती प्रदेशमा पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीमा १२.३९ प्रतिशत भाडा बढ्ने छ ।

काठमाडौं उपत्यका बाहेक स्थानमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीमा १७.३५ प्रतिशत बढ्ने छ । बागमती प्रदेशमा चल्ने मालवाहक सवारीमा २६.७९ प्रतिशत बढ्ने छ ।

बागमती प्रदेशभित्र चल्ने विद्युतीय सवारीसाधनमा भने १ वैशाख २०७९ सालमै तोकिएको भाडादर कायम हुनेछ । इन्धन मूल्यमा भारी वृद्धि भएसँगै यातायात व्यवसायीले भाडा समायोजनमा सरकारलाई निरन्तर दबाब दिइरहेका छन् । सोही आधारमा केन्द्र सरकारले यसै साता लामो दुरीको यातायात भाडा बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?