News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोबाइल लुटपाट गरेर बैंक खाताको रकम झिक्ने तीन जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठका १९ वर्षीय वीरबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–५ का १८ वर्षीय जनम तामाङ र खोटाङका १८ वर्षीय प्रज्वल राई छन्।
- उनीहरूले एक व्यक्तिको मोबाइल लुटेर डिजिटल वालेट रिसेट गरी बैंक खाताबाट १ लाख २७ हजार ६ सय रुपैयाँ झिकेको एसपी मनोहर भट्टले बताए।
३० चैत, काठमाडौं । मोबाइल लुटपाट गरेर बैंक खाताको रकम झिक्ने तीन व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ बस्ने १९ वर्षीय वीरबहादुर तामाङ र दोलखाको मेलुङ गाउँपालिका–५ का १८ वर्षीय जनम तामाङ र खोटाङका १८ वर्षीय प्रज्वल राई छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले एक व्यक्तिको मोबाइल लुटेर डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर वालेट रिसेट गरी बैंक खातामा रहेको १ लाख २७ हजार ६ सय रुपैयाँ झिकेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले बताए ।
पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4