+
+
Shares

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ गाबहालतर्फ तानिने

रासस रासस
२०८३ वैशाख ६ गते ६:०८
Photo Credit : RSS

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरमा उपत्यकाकै सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथारोहण ६ वैशाख शनिबार सम्पन्न भएको छ।
  • गुठी संस्थानका अनुसार मच्छिन्द्रबहालबाट मूर्ति पुलचोक पुर्याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो।
  • बाराही नाइके प्रेम महर्जनले पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा गरी रथारोहण गरिएको बताए।

६ वैशाख, ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ ।

वर्षा र सहकालको देवताका रुपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि तिथिअनुसार शनिबार रथारोहण गरिएको हो ।

गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो ।

रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहण गरिएको हो ।

तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ गाबहालतर्फ तानिनेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?