News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित कन्टेन्ट क्रिएटर प्रशंसा रायमाझीले फिल्म 'चिरञ्जीवि भवः'मा अभिनय गर्दै नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन्।
- फिल्म 'चिरञ्जीवि भवः' सामाजिक ड्रामा जनरामा निर्माण हुँदैछ र दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित छ।
- फिल्मको औपचारिक घोषणा नयाँ वर्ष २०८३ मा गरिएको थियो र काकुले निर्देशन गर्नेछन् भने पटकथा जिग्री ब्रोले लेखेका छन्।
काठमाडौं । चर्चित कन्टेन्ट क्रिएटर तथा टिकटकर प्रशंसा रायमाझीले नेपाली फिल्म अभिनयमा डेब्यू गर्ने भएकी छन् । कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपक आचार्य ‘काकु’ले निर्माण गर्न लागेको फिल्म ‘चिरञ्जीवि भवः’मा उनले अभिनय गर्ने जनाइएको हो ।
यो फिल्मको औपचारिक घोषणा मंगलबार नयाँ वर्ष २०८३ को अवसरमा गरिएको थियो । यो फिल्मलाई काकुले निर्देशन गर्नेछन् भने पटकथा जिग्री ब्रोको हुनेछ ।
रायमाझी पछिल्लो समय क्रिकेटर कुशल भुर्तेलसँगको प्रेम सम्बन्धले चर्चामा छिन् ।
फिल्मको कुरा गर्दा, ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ । यसको मुख्य विषयवस्तु दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कट्टेलले जानकारी दिए ।
उनका अनुसार फिल्मको कथा अहिलेकै समयको हो । सविन अधिकारी र बसन्त न्यौपाने लेखकका रूपमा छन् ।
यसअघि काकुले निर्देशन गरेको फिल्म ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो । त्यस्तै, कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो ।
लाखौँ फलोअर्स कमाएकी रायमाझीको डेब्यूलाई लिएर उनका प्रशंसक खुसी छन् ।
प्रतिक्रिया 4