+
+
Shares

नेविसंघको विधान दिनुस्, नभए केन्द्रीय कार्यसमिति भंग गरिदिनुस् : दुजाङ शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते ९:३७

७ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसलाई संगठनको विधान दिन माग गरेको छ । नेविसंघको स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले कांग्रेस नेतृत्वसँग संगठनको विधान दिन माग गरेका हुन् ।

विधान अभावका कारण नेविसंघको १२ औं महाधिवेशनको बाटोमा अघि बढ्न नसकिएको अध्यक्ष शेर्पाको भनाइ छ । उनले विधान दिन नसकिए नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति भंग गरिदिन पनि आग्रह गरेका छन् ।

विधानका कारण हामी १२ औं महाधिवेशनको गन्तव्यमा पुग्न सकेका छैनौं । त्यसको बाटोमा हामीलाई चाँडोभन्दा चाँडो निकास दिनको निम्ति पनि म पार्टी समक्ष अनुरोध गर्न चाहन्छु ।

हामीलाई विद्यार्थी आन्दोलनलाई अगाडि बढाउनका निम्ति, महाधिवेशनको गन्तव्य पूरा गर्न हामीले प्रस्तव गरेको एजेन्डामा छलफल गरेर हामीलाई विधान दिनुस्,’ शेर्पाले भनेका छन्, ‘होइन भने हाम्रो यो केन्द्रीय कार्यसमितिलाई खारेज गरेर निकासको बाटो दिनका निम्ति पनि म अनुरोध गर्न चाहन्छु ।’

नेविसंघको सिनेटबाट पार्टीसमक्ष गरेका एजेन्डाहरू माथि पार्टीले छलफल गरेर पारित गर्नुपर्ने अध्यक्ष शेर्पाको माग छ । ‘एक महिना बितिसकेको छ, नेविसंघले पार्टी नेतृत्वलाई सिनेट बैठकबाट प्रस्ताव गरेको एजेन्डाहरूको विषयमा गहन छलफल गरेर पारित गर्नका निम्ति पनि म पार्टी नेतृत्व समक्ष जोडदार ढंगले अनुरोध गर्न चाहन्छु र माग गर्न चाहन्छु’ उनले भनेका छन् ।

अध्यक्ष शेर्पाले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णयबारे पार्टी नेतृत्वलाई आधिकारिक धारणा सार्वजनिक गर्न पनि आग्रह गरेका छन् । सरकारले अलोतान्त्रिक र असवैधानिक निर्णय गर्दा पार्टीको नेतृत्वले अहिलेसम्म पनि धारणा सार्वजनिक नगर्दा चिन्ता र दुःख लागेको उनको भनाइ छ ।

‘म पार्टी नेतृत्वलाई के भन्न चाहन्छु भने, यही कलम र मसाल अंकित झण्डाको आन्दोलनलाई लिएर आज पार्टीको नेतृत्वमा हुनुुहन्छ,’ अध्यक्ष शेर्पाले भनेका छन्, ‘विद्यार्थी आन्दोलनमाथि प्रहार हुँदै गर्दा नेपाली कांग्रेसले तत्काल धारणा सार्वजनिक गरेर सार्वभौम संसद्मा सशक्त ढंगबाट यो विषयलाई उठान गर्न पनि म अनुरोध गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?