News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल लाइफ इन्स्योरेन्सले २५औं वार्षिकोत्सवमा व्यतित बीमालेख पुनर्जागरणका लागि विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ।
- यो योजना वैशाख ७ देखि जेठ ५ गतेसम्म लागू हुने र बीमालेख पुनः सक्रिय गरी बीमितको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।
- कम्पनीले पहिलो पटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याएको र ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको जनाएको छ।
८ वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा व्यतित बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ।
वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतित भइरहेका अवस्थामा, सहज रूपमा नवीकरण बीमा शुल्क भुक्तानीमार्फत त्यस्ता बीमालेख पुनः सक्रिय गरी बीमितको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले छुट योजना ल्याइएको कम्पनीले जनाएको छ ।
वैशाख ७ देखि लागु भएको यो योजना आगामी जेठ ५ गतेसम्म रहनेछ । यस अवधिमा व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी पुनर्जागरण योजना २०८२/८३ लागु गरिएको कम्पनीले जनाएको छ ।
‘रजत जयन्तीको अवसरमा कम्पनीद्वारा बीमितहरूका लागि पहिलो पटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याइएको हो’ कम्पनीले भनेको छ ‘३० दिने अवधिका लागि ल्याइएको यस अवसरलाई बीमालेख व्यतित भएका आम बीमितले भरपूर रूपमा उपयोग गरी विलम्ब शुल्क छुटको लाभ लिन सक्नेछन्।’
देशकै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफले करिब ३० प्रतिशतसम्मको बजार हिस्सा ओगट्दै आएको छ।
प्रतिक्रिया 4