News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रशोधित युरेनियम कब्जा गर्ने सैन्य अपरेशनलाई आफ्नो मुख्य रणनीतिक लक्ष्य बनाएको बताइएको छ।
- इरानसँग करिब ४४० किलोग्राम ६० प्रतिशतसम्म संवर्धित युरेनियम रहेको छ, जुन ९० प्रतिशतसम्म पुर्याएर आणविक हतियार बनाउन सकिन्छ।
इरानको कुनै गोप्य भूमिगत परमाणु केन्द्रमा धावा बोलेर अमेरिकी सेनाले प्रशोधित युरेनियम कब्जा गर्ने कुरा झ्वाट्ट सुन्दा असम्भवजस्तै लाग्न सक्छ। तर पछिल्लो समय सार्वजनिक भएका समाचार अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई आफ्नो मुख्य रणनीतिक लक्ष्य बनाएको दाबी गरिएको छ ।
इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्नका लागि उसको आणविक भण्डार कब्जा गर्ने विकल्पमा ट्रम्पले विचार गरिरहेको बताइन्छ ।
तर यस्तो सैन्य कारवाही अमेरिकाका लागि केवल कठिन मात्र नभई निकै जोखिमपूर्ण समेत हुने सैन्य विशेषज्ञ तथा पूर्वअमेरिकी रक्षा अधिकारीहरूको भनाइ छ । यसका लागि अमेरिकी सेनाले ठूलो संख्यामा स्थल सेना परिचालन गर्नुपर्नेछ र मिशन पूरा गर्न केही दिन मात्र होइन हप्तौँसम्म लाग्न सक्छ ।
रणनीतिक उद्देश्य र विकल्पहरूको खोजी
ट्रम्प प्रशासनले इरानमाथि दबाब सिर्जना गर्न विभिन्न सैन्य विकल्पहरू खुला राखेको देखिन्छ । प्रशोधित युरेनियम सिधै कब्जा गर्ने योजना ती विकल्पहरूमध्ये एक हो । यसबाहेक इरानको ऊर्जा निर्यातमा प्रभाव पार्ने उद्देश्यले खार्ग टापु नियन्त्रणमा लिने जस्ता रणनीतिहरू पनि विचाराधीन अवस्थामा छन् । यसले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्णरूपमा खुला गर्न बाध्य पार्न सकिन्छ ।
इरानमाथि नयाँ सैन्य कारबाहीको संकेत दिनुमा इरानलाई वार्ताको टेबलमा आउन दबाब दिने अमेरिकी रणनीतिका रूपमा पनि विश्लेषण गरिएको छ।
सीबीएस न्युजसँगको एक टेलिफोन अन्तर्वार्तामा ट्रम्पले प्रशोधित युरेनियम नष्ट नगरी इरान युद्धमा अमेरिकाले आफ्नो विजय घोषणा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नको स्पष्ट जवाफ दिन अस्वीकार गरे । उनले इरानको युरेनियम भण्डारको महत्त्वलाई खासै प्राथमकिता नदिने प्रयास गर्दै भनेका छन्- यो यति गहिराइमा गाडिएको छ कि कसैले सजिलै निकाल्न सक्दैन । तर अन्ततः हामी निर्णय गर्नेछौँ ।
इरानको युरेनियम भण्डार कब्जा गर्ने सैन्य कारवाहीबारे ट्रम्पले योजना बनाइरहेको भनी वालस्ट्रिट जर्नलले टिप्पणी गरेसँगै ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो । यद्यपि ह्वाइट हाउसले यसबारेमा कुनै निर्णय नभएको जनाएको छ।
कहाँ र कति छ युरेनियम भण्डार ?
वरिष्ठ अमेरिकी अधिकारीहरूका अनुसार युद्धको सुरुवातमा इरानसँग करिब ४४० किलोग्राम तौलको ६० प्रतिशतसम्म संवर्धित युरेनियम थियो। त्यो युरेनियमलाई तत्कालै ९० प्रतिशतमा पुर्याएर आणविक हतियारको स्तरमा रूपान्तरण गर्न सकिन्छ।
यसका अतिरिक्त इरानसँग २० प्रतिशत प्रशोधित युरेनियम करिब १ हजार किलोग्राम र ३.६ प्रतिशत प्रशोधित युरेनियम ८ हजार ५०० किलोग्राम रहेको अनुमान छ । यस्तो युरेनियम सामान्यतया चिकित्सा अनुसन्धानका लागि प्रयोग हुन्छ।
उच्च स्तरको प्रशोधित युरेनियम मुख्य रूपमा इस्फाहान आणविक प्रशोधन केन्द्रमा रहेको विश्वास गरिन्छ । यो इरानका तीन प्रमुख भूमिगत परमाणु केन्द्रमध्ये एक हो । यसबाहेक नतान्ज र फोर्डोमा पनि केही उच्च प्रशोधित युरेनियम भण्डार हुन सक्ने अनुमान छ ।
तर गतवर्ष अमेरिका र इजरायलले गरेको हवाई आक्रमणपछि इरानले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई निष्कासन गरेकाले त्यहाँ रहेको युरेनियमको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी उपलब्ध छैन । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुख राफाएल ग्रोसीले इरानको युरेनियम भण्डारका विषयमा धेरै प्रश्नहरू अझै अनुत्तरित रहेका बताएका छन् ।
अत्यन्तै जटिल सैन्य कारवाही, हवाइ आक्रमण अपर्याप्त
अमेरिकाका पूर्वसहायक रक्षा मन्त्री मिक मुलरोयका अनुसार इरानको युरेनियम भण्डार हटाउने कार्य इतिहासकै सबैभन्दा जटिल विशेष अभियानमध्ये एक हुनेछ ।
पूर्व अमेरिकी रक्षा अधिकारी जेसन क्याम्पबेलका अनुसार यदि इरानमा रहेको युरेनियम भण्डार ठ्याक्कै कहाँ छ भन्ने स्थान थाहा भएमा अपरेशन केही सहज हुन सक्छ । तर यदि यो विभिन्न स्थानहरूमा विभाजित गरिएको भएमा त्यसको जटिलता धेरै गुणा बढ्नेछ ।
स्याटेलाइट तस्वीरहरूमा देखिएअनुसार केही परमाणु केन्द्र रहेका सुरुङका प्रवेशद्वारहरू माटोले बन्द गरिएका छन् । यसले सैन्य कारवाहीलाई निकै कठिन बनाउँछ।
अमेरिका र इजरायलले हवाई आक्रमणमार्फत इरानको नौसैनिक शक्ति, ब्यालिस्टिक मिसाइल क्षमता र औद्योगिक संरचनामा क्षति पुर्याउन सफल भएका छन् । तर विशेषज्ञहरूका अनुसार प्रशोधित युरेनियम कब्जा गर्न हवाई आक्रमण मात्र पर्याप्त हुँदैन । यसका लागि स्थल सेना अनिवार्य हुन्छ। जसले निकै उच्च जोखिम बेहोर्नुपर्ने हुन्छ ।
विश्लेषकहरुका अनुसार अमेरिकाले आफ्नो ८२औँ वायुसेना डिभिजन प्रयोग गरेर इस्फहान र नतान्ज वरिपरका क्षेत्र सुरक्षित गर्न सक्छ । त्यसपछि विशेष प्रशिक्षित सैन्य बलहरूले भूमिगत सुरुङहरूमा प्रवेश गरेर युरेनियम निकाल्ने प्रयास गर्नेछन् ।
युरेनियम सामान्यतया ग्यासको रूपमा ठूलो धातु कन्टेनरमा भण्डारण गरिएको हुन्छ । तर सुरुङहरूमा पुग्नका लागि त्यसमा थुपारिएको फोहोर हटाउन भारी उपकरण आवश्यक पर्न सक्छ । यस क्रममा अमेरिकी सेनाले निरन्तर ठूलो जोखिम मोल्नुपर्ने हुन्छ ।
इरानको सम्भावित सैन्य प्रतिकार यस अपरेशनको सबैभन्दा ठूलो चुनौती हो । इस्फहानजस्ता स्थानहरू इरानको निकै गहिराइमा रहेकाले अमेरिकी सैनिकहरू त्यहाँ अलगथलग पर्न सक्छन् ।
यसले अमेरिकी सेनाको आपतकालीन चिकित्सा उद्धार, आपूर्ति र हवाई सुरक्षा सबैलाई कठिन बनाउँछ । साथै सैनिकहरू जहाज लक्षित गोलाबारी र क्षेप्यास्त्र लगायतको निरन्तर आक्रमणको जोखिममा रहनेछन् ।
युरेनियम बाहिर लैजाने कि त्यहीँ निस्क्रिय बनाउने ?
यदि अमेरिकाले इरानमा रहेको युरेनियम कब्जा गर्न सफल भइहाल्यो भने पनि त्यहाँ एउटा अर्को महत्वपूर्ण प्रश्न उठ्नेछ । आखिर त्यो युरेनियमलाई इरानबाहिर लैजाने कि त्यहीँ निस्क्रिय बनाउने ?
केही अमेरिकी अधिकारीहरूका अनुसार इरानभित्रै त्यो प्रशोधित युरेनियमको स्तर घटाउने विकल्प पनि विचाराधीन छ । तर विशेषज्ञ जोनाथन रुहेका अनुसार बाहिर लैजानु नै छिटो र व्यावहारिक विकल्प हुन सक्छ ।
जसले अमेरिका भित्रै त्यो युरेनियमलाई सुरक्षित रूपमा निष्क्रिय वास्तवमा इरानी युरेनियम कब्जा गर्ने अमेरिकी सैन्य परेशन कुनै पनि हिसाबले सजिलो छैन । करिब आधा टनको परिमाणमा झण्डै आणविक हतियार बनाउने मिल्ने स्तरमा रहेको युरेनियम नियन्त्रणमा लिनु आफैंमा ठूलो चुनौती हो । विज्ञहरूका अनुसार यस्तो मिशनमा लाखौँ कुराहरू गलत सावित हुन सक्छन् ।
त्यसैले इरानको परमाणु भण्डारमाथि सम्भावित अमेरिकी अपरेशन केवल अमेरिकाको सैन्य शक्ति मात्र होइन, रणनीतिक धैर्य, जासुसी क्षमता र उच्चस्तरीय समन्वयको कठोर परीक्षणको रुपमा रहनेछ ।
बीबीसीबाट
प्रतिक्रिया 4