+
+
Shares

नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा कासी दनै

नेपालमा एफडीआई बढाउन पहल गर्ने

बेल्जियममा रहेर विभिन्न व्यवसाय गर्दै आएका करिब ६०० नेपाली यो संस्थामा आवद्ध छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा कासी दनै निर्वाचित भएका छन् र नयाँ कार्यसमिति चयन गरिएको छ।
  • अध्यक्ष दनैले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढाउन पहल गरिने र व्यवसायीलाई लगानीका लागि विश्वस्त बनाउन प्रयास गरिने बताए।
  • संस्थाले नेपाली व्यवसायीलाई प्रशासनिक सहयोग, सूचना प्रदान, सम्भावित व्यवसाय अध्ययन र लागत विश्लेषणमा सहयोग गर्दै आएको छ।

१६ वैशाख, काठमाडौं । बेल्जियममा व्यवसाय गर्दै आएका नेपालीहरूको संस्था नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा कासी दनै निर्वाचित भएका छन् ।

बेल्जियमको लुभेनमा भएको आठौं अधिवेशनले कासीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

करिब ६०० व्यवसायी सदस्य रहेको यो संस्था बेल्जियममा गैरआवासीय नेपाली संघ पछिको ठूलो संस्था हो । यसले नेपाली व्यवसायीहरूलाई प्रशासनिक सहयोग, सूचना प्रदान, सम्भावित व्यवसाय अध्ययन तथा लागत विश्लेषणजस्ता क्षेत्रमा सघाउँदै आएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रमेश दाहाल, बाबुराम शर्मा र राजेन्द्र कार्की चुनिएका छन् । भुवन सुवेदी महासचिव, दिपेश सुवेदी सचिव, रिचा गुरुङ महिला सचिव, राज पुरी कोषाध्यक्ष र जितेन्द्र केसी सहकोषाध्यक्ष चयन भएको निर्वाचन समितिका अध्यक्ष तथा संस्थाका पूर्वअध्यक्ष यामु निरौलाले जानकारी दिए ।

सदस्यहरूमा लुभेनबाट देबु श्रेष्ठ र एन्तवेरपेनबाट उमेश घिमिरे तथा खुला सदस्यहरूमा राजु थापा, भरतजंग क्षेत्री, कुलबहादुर कार्की र सरोज आचार्य छन् । लुभेन सिटीका उपमेयर मार्क भेनसिनाका प्रतिनिधि तथा बेल्जियमका ठूला खाद्य आपूर्ति संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा ओम शर्माले नेपाली ध्यान कार्यक्रम सञ्चालन गरेका थिए ।

करिब ६०० भन्दा बढी सदस्य रहेको यो संस्था बेल्जियममा गैरआवासीय नेपाली संघ पछिको ठूलो र विश्वासिलो संस्था मानिन्छ । नेपाली व्यवसायीहरूलाई प्रशासनिक सहयोग, सूचना प्रदान, सम्भावित व्यवसाय अध्ययन लागत विश्लेषणजस्ता क्षेत्रमा यसले सहयोग गर्दै आएको छ ।

नेपाल पर्यटन प्रवर्द्धनका लागि यो संस्थाले प्रत्येक कार्यकाल फूड फेस्टिबलजस्ता कार्यक्रम गर्दै आएको छ । नेपालमा उत्पादित सामग्रीको युरोपमा निर्यात र वितरणमा समेत यो संस्थाले सहयोग पुर्‍याउँदै आएको छ ।

एफडीआई बढाउन पहल गरिनेछ : अध्यक्ष दनै

नवनिर्वाचित अध्यक्ष दनैले आफ्नो कार्यकालमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढाउन पहल गरिने बताए । बेल्जियममा थुप्रै नेपाली व्यवसायीले उत्कृष्ट क्षमता प्रदर्शन गर्दै उदाहरणीय काम गरिरहेको बताउँदै उनले बेल्जियमका व्यवसायीहरूलाई नेपालमा लगानीका लागि विश्वस्त बनाउन प्रयत्न गरिने बताए ।

नयाँ कार्यसमिलिे बेल्जियममा रहेर व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूको आधारभूत समस्याहरूको पहिचान गर्दै तिनको समाधान तथा लगानी सुरक्षा, दिगोपनमा काम गर्ने पनि अध्यक्ष दनैको प्रतिक्रिया छ । उनले प्रशासनिक जटिलतामा परेका व्यवसायीलाई सहयोग गर्नेदेखि स्टार्टअप व्यवसायीलाई मार्गदर्शन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?