News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा १६ वैशाख अपरान्ह ४ बजेदेखि हावाहुरीसहित वर्षा सुरु भएको छ।
- जल तथा मौसम विज्ञान विभागले १६ वैशाख अपरान्ह ४ बजेदेखि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको थियो।
- महाशाखाले १६ वैशाख साँझ ५:४५ बजेदेखि हुरी सुरु भएर १७ वैशाख बिहान ७:४५ बजे सम्म रहने सम्भावना रहेको बताएको छ।
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । हावाहुरीसहितको वर्षाका कारण साँझ ५ बजे नै काठमाडौं उपत्यका आसपासको क्षेत्र अँध्यारो भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अपरान्ह ४ बजेदेखि हावाहुरी सहितको वर्षा हुने विवरण सार्वजनिक गरेको थियो ।
विभागले पूर्वानुमान गरे अनुसार नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा हावाहुरीसहितको वर्षा भइरहेको छ ।
विभागले हावाहुरी चल्ने समय र प्रभावित जिल्लाहरूको विवरण समेत सार्वजनिक गरेको थियो ।
महाशाखाले आज बिहान ८ बजे विशेष बुलेटिनमा सार्वजनिक गर्दै अपराह्न चार बजेदेखि नै हावाहुरी सुरु हुने जनाएको थियो ।
मंगलबार महाशाखाले आज साँझ ५:४५ बजेदेखि हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ बजे समाप्त हुने सम्भावना रहेको जनाएको थियो ।

प्रतिक्रिया 4