News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले २५७० औं बुद्ध जयन्ती समारोहमा उपस्थित नहुने सचिवालयले लुम्बिनी विकास कोषलाई टेलिफोनमार्फत जानकारी गराएको छ।
- बुद्ध जयन्ती समारोह वैशाख १८ गते बुटवलमा हुने कार्यक्रम तय भएको छ।
- सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथि र मन्त्री गनेश पौडेल विशिष्ट अतिथि हुने लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए।
१६ वैशाख, बुटवल । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बुद्ध जयन्ती समारोहमा नआउने भएका छन् ।
यसअघि वैशाख १८ गते परेको २५७० औं बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री शाह उपस्थित हुने लुम्बिनी विकास कोषले जनाएको थियो ।
तर आज प्रधानमन्त्रीको सचिवालयबाट विकास कोषका पदाधिकारीलाई टेलिफोन गरी बुद्ध जयन्तीमा उपस्थित नहुने जानकारी गराएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए ।
बुद्ध जयन्तीमा प्रमुख अतिथिका रूपमा सभामुख डोलप्रसाद अर्याल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल विशिष्ट अतिथिका रूपमा आउने आउने कार्यक्रम तय भएको रोक्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4