+
+
Shares

इनासको युरोप क्षेत्रीय कार्यक्रम बेल्जियममा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको एघारौं युरोप क्षेत्रीय कार्यक्रम बेल्जियममा अप्रिल २४ र २५ मा सम्पन्न भएको छ।
  • कार्यक्रममा इनास राष्ट्रिय समिति डेनमार्कले उत्कृष्ट राष्ट्रिय समितिको उपाधि प्राप्त गरेको छ।
  • युरोप महादेशीय नृत्य र गायन प्रतियोगितामा फ्रान्सकी दीपा तमाङ र कुमार रनपहेलीले उपाधि जितेका छन्।

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय कार्यक्रम बेल्जियममा भव्य रूपमा सम्पन्न भएको छ । अप्रिल २४ र २५ तारिखका दिन इनास युरोप क्षेत्रीय समिति र इनास बेल्जियम राष्ट्रिय समितिको संयुक्त आयोजनामा सम्पन्न दुई दिने कार्यक्रमको पहिलो दिन एघारौं युरोप क्षेत्रीय भेला सम्पन्न भएको थियो ।

युरोप क्षेत्रीय समन्वय समितिका संयोजक सुनिल गुरुङ तथा युरोप क्षेत्रीय संयोजक श्याम श्रेष्ठको संयुक्त अध्यक्षता र इनास ग्लोबल अध्यक्ष अर्जुन काफ्लेको प्रमूख आतिथ्यतामा सम्पन्न भेलामा इनासका संस्थापक अध्यक्ष, संरक्षक, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकार, युरोपका विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिहरू र बेल्जियमस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

भेलामा युरोपस्थित राष्ट्रिय समितिले आ-आफ्नो कार्यसम्पादन विवरण तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यसम्पादनका आधारमा हरेक वर्ष प्रदान गरिँदै आएको उत्कृष्ट राष्ट्रिय समितिको उपाधि यस वर्ष इनास राष्ट्रिय समिति डेनमार्कले प्राप्त गरेको छ ।

दोस्रो दिन युरोप महादेशस्तरीय गायन तथा नृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । आयोजक राष्ट्र इनास बेल्जियमका अध्यक्ष रचना कँडेलको अध्यक्षता तथा बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इनास ग्लोबलका पदाधिकारीको विशेष उपस्थिति थियो ।

यसवर्ष इनास युरोप महादेशीय नृत्य प्रतियोगिताको उपाधि फ्रान्सकी दीपा तमाङले जितेकी छन् । बेल्जियमकी प्रिन्सी खनाल, दृश्य शर्मा र त्रिस्ता कार्की ढोलीले क्रमशः प्रथम रनर अप, द्धितीय रनरअप र तृतीय रनरअपको उपाधि हासिल गरे ।

गायनतर्फको उपाधि भने फ्रान्सका कुमार रनपहेलीले हात पारे । जर्मनीका आशिष नेपाली, पोल्याण्डका राजिव नेपाली र अष्ट्रियाका सुजन तमाङले क्रमशः प्रथम, द्धितीय र तृतीय रनरअपको उपाधि प्राप्त गरे ।

शर्मिला बर्देवा, नारायण धिताल र खड्ग न्यौपाने, पार्वती अधिकारी, जगत खड्का र निरिप खत्री सम्मिलित निर्णायक मण्डलको निर्णयअनुसार नृत्यतर्फ तृतीय रनर अपको स्थान हासिल गरेकी जर्मनीकी त्रिस्ता कार्की ढोलीलाई स्व. सन्तकुमार थापा मगर स्मृति ट्रफीसहित विशेष पुरस्कारबाट सम्मानित गरियो ।

दुवै विधाका विजेताले एक वर्षका लागि इनास युरोपको अवैतनिक सांस्कृतिक सदभावना दूतको उपाधिसहित नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा कलाकार विनोद चिपालुको लाखे नृत्य तथा इनासका पूर्वविजेता डा. सुनिल हमाल, सरिता हुमागाईं, सरिना पौडेल, संस्कार बस्नेतलगायत नेदरल्यान्ड्स, डेन्मार्क, बेल्जियम लगायत मुलुकका कलाकारको विशेष सांगीतिक प्रस्तुति समेत थियो ।

इनासको १२औं यूरोप क्षेत्रीय कार्यक्रम आयोजना गर्न आगामी वर्ष बेलायतलाई अनुमति प्रदान गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?