+
+
Shares

छथर गाउँपालिका अधिवेशन : अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव

तेह्रथुमको छथर गाउँपालिकाको १६ औं गाउँ सभा तथा हिउँदे अधिवेशनले आफ्नो पालिका क्षेत्रमा अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ वैशाख १८ गते १८:५२

१८ वैशाख, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाको १६ औं गाउँ सभा तथा हिउँदे अधिवेशनले आफ्नो पालिका क्षेत्रमा अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव दिने निर्णय गरेको छ । छथर–५ मा रहेको ऐतिहासिक तथा सांस्कृतिक स्थल ताक्लुङ्गगढीमा सम्पन्न गाउँ सभाले यस्तो निर्णय गरेको  गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका क्षेत्रमा नेपाल सरकारको आधिकारिक नापी नक्साअनुसार नै घर संरचना  निर्माण भएका छन् । त्यसैले त्यहाँ डोजर चलाउनु आवश्यक नै नरहेको अध्यक्ष तिगेलाले बताए । उनले बस्ती संरक्षण रहेको बताउँदै अनावश्यक भौतिक हस्तक्षेप नियन्त्रण गर्न संघ सरकारलाई सुझाव दिइएको बताए ।

गाउँ सभाले शिक्षा, रोजगारी, पूर्वाधार र खानेपानी जस्ता आधारभूत क्षेत्रमा केन्द्रित विभिन्न कार्यक्रमलाई प्राथमिकता दिएको छ । यस्तै सरकारी, गैरसरकारी, वैदेशिक तथा निजी क्षेत्रका कुनै पनि ठाउँमा रोजगारीमा नरहेका गाउँवासीको तथ्याङ्क संकलन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँ सभाले २०६३ असोज ३ यता जन्मिएका र कक्षा ८ उत्तीर्ण नगरेका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गराउने नीति पनि निर्धारण गरेको छ ।

खानेपानी संकट समाधानका लागि गाउँ सभाले तत्कालीन र दीर्घकालीन रणनीति अघि सारेको छ । डीप बोरिङ सञ्चालनलाई निरन्तरता दिने, तमोर लिफ्टिङ योजना थालनीका लागि बजेट माग गर्ने तथा कन्सुवा र साख्मा लिफ्टिङ योजनालाई निरन्तरता दिने निर्णय भएका छन् ।

सडक पूर्वाधारतर्फ गाउँ सभाले शुक्रबारे–शनिश्चरे–हाक्पारा सडक कालोपत्रे गर्न प्रदेश सरकारसँग माग गर्ने, ओख्रे–म्याङ्लुङ, शुक्रबारे–खैरेनी, दागपा–फुलेक–वसन्तपुर, शिधुवा–आङ्दिम–शुक्रवारे, धन्कुटा–परेवादिन–फोक्चे सिरान हुँदै म्याङ्लुङ जोड्ने सडक निर्माणका लागि पनि प्रदेश सरकारसँग माग सिफारिस गर्ने निर्णय भएका छन् ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?