+
+
Shares

प्रधानमन्त्री बालेनलाई रक्षा बमको सुझाव : ज्ञानको अहंकार नदेखाउनू  

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १२:४७

१९ वैशाख, काठमाडौं । जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई ज्ञानी जनताको अगाडि ज्ञानको अहंकार नदेखाउन सुझाव दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्टाटस लेख्दै उनले विश्व शान्तिको केन्द्र बन्न सक्ने मुलुकमा शासनको शैली निर्देशन र बन्दुक हुन नसक्ने बताएका छन् ।

‘जनता जति ज्ञानी कोही हुन सक्दैनन् । ज्ञानी जनताको अगाडि ज्ञानको अहंकार नदेखाऊ’, बमले भनेकी छन्, ‘विश्व शान्तिको केन्द्र बन्न सक्ने मुलुकमा शासनको शैली निर्देशन र बन्दुक हुनै सक्दैन ।’

जेनजी अगुवा बमले प्रधानमन्त्रीलाई ‘काँध थाप्ने’ र ‘छाती थाप्ने’ ज्ञानको अहंकारबाट बाहिर निस्केर बुद्ध जन्मेको देशमा समानुभूति र करुणालाई आधार बनाएर जिम्मेवारी पूरा गर्न पनि भनेकी छन् ।

‘तिम्रा हरेक ज्ञानपूर्ण र विवेकपूर्ण निर्देशनहरूले जनताले ज्यान गुमाउँदै छन्,’ उनले लेखेकी छन्, ‘काँध थाप्ने’ र ‘छाती थाप्ने’ ज्ञानको अहंकारबाट बाहिर निस्केर, बुद्ध जन्मेको देशमा समानुभूति र करुणालाई आधार बनाएर जनताले सुम्पिएको जिम्मेवारी पूरा गर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?