+
+
Shares

चिकित्सक संघ निर्वाचन : हजार मत गन्दा कसले कति पाए ?

१ हजार १ मत गणना हुँदा अध्यक्षदेखि सदस्यसम्मका अधिकांश पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १३:०९
बायाँबाट क्रमशः बद्री रिजाल, मंगल रावल र नारायणप्रसाद भुसाल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि डा. मंगल रावलले ४६५ मत ल्याएर अग्रस्थानमा छन् भने डा. बद्री रिजालले ४०९ मत प्राप्त गरेका छन्।
  • वरिष्ठ उपाध्यक्षमा डा. किर्तिपाल सुवेदी ३९८ मतसहित अगाडि छन् र डा. सञ्जीव तिवारी ३७८ मतसहित दोस्रो स्थानमा छन्।
  • निर्वाचनमा कुल ७ हजार १०१ मत खसेको छ र मतगणना जारी छ, जसमा अधिकांश पदमा कडा प्रतिस्पर्धा देखिएको छ।

२० वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा प्यानल भोट नखसेको संकेत देखिएको छ । १ हजार १ मत गणना हुँदा अध्यक्षदेखि सदस्यसम्मका अधिकांश पदमा कडा प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष पदमा डा. मंगल रावल अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी डा. बद्री रिजालले कम मतका साथ पछ्याइरहेका छन् ।

पछिल्लो मत परिणामअनुसार डा. रावलले ४६५ मत प्राप्त गरेका छन् । डा. रिजालले ४०९ मत ल्याउँदै मतान्तर घटाउने क्रममा छन् । तेस्रो स्थानमा रहेका डा. नारायण प्रसाद भुसालले १२१ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षतर्फ कडा प्रतिस्पर्धा छ । डा. किर्तिपाल सुवेदी ३९८ मतसहित अग्रस्थानमा रहँदा डा. सञ्जीव तिवारी ३७८ मतसहित झिनो अन्तरमा पछ्याइरहेका छन् ।

महासचिव पदमा डा. कालु सिंह खत्री ३७३ मतसहित अगाडि छन् । डा. बिश्वराज दवाडी ३४७ मतसहित दोस्रो स्थानमा छन् ।

प्रदेश संयोजकतर्फ अधिकांश क्षेत्रमा टिम बद्रीका उम्मेदवारको अग्रता कायम रहेको देखिन्छ ।  कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्यले ४०७ मत ल्याएर पहिलो स्थानमा छिन् । सह–सचिवमा डा. हुलास अग्रवाल ४८५ र सह–कोषाध्यक्षमा डा. तेज्सु सिंह मल्लले ४४२ मत ल्याएर अग्रता कायम गरेका छन् ।

सदस्य पदतर्फ डा. हिमलाल भण्डारी, डा. अरुण उप्रेती, डा. शेषराज घिमिरेलगायत उम्मेदवारहरू शीर्ष स्थानमा छन् ।  कुल ६ सदस्य चयन हुने व्यवस्था रहेको छ ।

निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिरको गरी कुल ७ हजार १०१ भोट खसेको थियो । यो कुल सदस्य संख्याको ४४.१० प्रतिशत हो । नेपाल चिकित्सक संघको निर्वाचन समितिका अनुसार मतदान गर्न यसपटक कुल १६ हजार १०० चिकित्सक योग्य थिए ।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ ।  प्रतिस्पर्धा अधिकांश पदमा कडा देखिएकाले अन्तिम परिणामसम्म रोचकता कायम रहने देखिन्छ ।

गणना भएका मत : १,००१

अध्यक्ष – १ सिट

१. डा. मंगल रावल — ४६५

२. डा. बद्री रिजाल — ४०९

३. डा. नारायण प्रसाद भुसाल — १२१

वरिष्ठ उपाध्यक्ष – १ सिट

१. डा. कीर्तिपाल सुवेदी — ३९८

२. डा. सञ्जीव तिवारी — ३७८

३. डा. अजय कुमार मिश्र — १७५

महासचिव – १ सिट

१. डा. कालु सिंह खत्री — ३७३

२. डा. विश्वराज दवाडी — ३४७

३. डा. अमृत भुसाल — २३७

उपाध्यक्ष (प्रदेश संयोजक)

कोशी प्रदेश

१. डा. रोशन खड्का — ३७५

२. डा. टंकाप्रसाद बराकोटी — ३३५

३. डा. हरिशंकर कार्की — १२९

मधेश प्रदेश

१. डा. अमित रञ्जन मिश्र — ४०९

२. डा. उदयनारायण सिंह — २८७

३. डा. मोहम्मद अनामुल हक — १४४

बागमती प्रदेश

१. डा. सुवास भट्टराई — ३३१

२. डा. अरुण शाही — २९६

३. डा. अकानन्द सिंह — १३७

४. डा. रुबास नाथ योगी — ११५

गण्डकी प्रदेश

१. डा. यज्ञराज सिग्देल — ४३६

२. डा. नवराज लाम्दारी — ३७०

लुम्बिनी प्रदेश

१. डा. सन्तोष पोखरेल — ४४४

२. डा. नन्दा कुमार गुरुङ — ३१३

३. डा. लक्ष्मण शर्मा — १७७

कर्णाली प्रदेश

१. डा. रबिन खड्का — ३४९

२. डा. सरोज गिरी — ३२५

३. डा. अनुप मंगल समाल — १५६

सुदूरपश्चिम प्रदेश

१. डा. प्रमोद जोशी — ४५५

२. डा. निरज अर्याल — ३८२

कोषाध्यक्ष – १ सिट

१. डा. संयुक्ता आचार्य — ४०७

२. डा. चाँदनी जैसवाल — २९७

३. डा. विनोद कुमार महसेठ — १३३

सहसचिव – १ सिट

१. डा. हुलास अग्रवाल — ४८५

२. डा. राम जीवन प्रसाद — १९९

३. डा. सन्तोष अधिकारी — १९३

सहकोषाध्यक्ष – १ सिट

१. डा. तेज्सु सिंह मल्ल — ४४२

२. डा. सुवास गुरुङ — २९२

३. डा. राजकुमार दंगल — ११४

सदस्य – शीर्ष १०

१. डा. हिमलाल भण्डारी — ५०४

२. डा. अरुण उप्रेती — ४४२

३. डा. शेषराज घिमिरे — ४१७  

४. डा. अमित झा — ३८३

५. डा. सुष्मित काफ्ले — ३६४

६. डा. पल्पसा श्रेष्ठ — ३४१

७. डा. निराजन तामाङ — ३१०

८. डा. राकेश शाह — ३०२

९. डा. बिना श्रेष्ठ — २९९

१०. डा. सुमेध मिश्र — २९५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?