+
+
Shares

ताप्लेजुङमा निःशुल्क स्वास्थ्य शिविर, ९०६ को जाँच गर्दा देखिए यस्ता स्वास्थ्य समस्या

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आयोजनामा वैशाख १८ र १९ गते स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
  • शिविरमा जनरल स्वास्थ्य जाँच, नेफ्रोलोजी, युरोलोजी, इसिजी, इको, भिडियो एक्स–रे, स्त्री तथा प्रसूति रोग परीक्षण र आँखा जाँच गरियो।

काठमाडौै ।  ताप्लेजुङ जिल्लामा वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको सहयोग स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आयोजनामा वैशाख १८ र १९ गते शिविर सञ्चालन गरिएको थियो ।

१८ गते आठराई त्रिवेणी गाउँपालिका–५, तिरतिरेमा र १९ गते मिक्वाखोला गाउँपालिका–२, चितुव्याङमा शिविर राखिएको थियो । तिरतिरेमा ४१७ र चितुव्याङमा ४८९ जना गरी ९०६ जनाको स्वास्थ्य जाँच गरिएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार शिविरमा जनरल स्वास्थ्या जाँच सँगै नेफ्रोलोजी, युरोलोजी, इसिजी, इको, भिडियो एक्स–रे, स्त्री तथा प्रसूति रोग, ल्याब परीक्षण तथा आँखा जाँच लगायतका सेवाहरू प्रदान गरिएको थियो ।

स्वास्थ्य जाँच गराएका मध्ये २४७ जनाको भिडियो एक्स–रे गर्दा ७४ जनामा फ्याटी लिभर अर्थात कलेजोमा बोसो जम्ने समस्या देखियो । १४ जनामा हेपाटोमेगाली देखिएको थियो । १७ जनाको मिर्गौलामा पानीको फोका र पत्थरी देखियो ।

१३३ जनाको ईसीजी गर्दा ४ जनामा समस्या थियो भने भने १३६ जनाको मुटुको इको गर्दा २८ जनमा मुटुको समस्या देखियो ।

स्वास्थ्य शिवरमा सबैभन्दा धेरै उच्च रक्तचाप, पेटको समस्या, कलेजोको रोग, बाथ रोग, मधुमेह, दम र मिर्गौलामा समस्या देखिएको थियो । ८४ जनाको स्त्री तथा प्रसूति रोग परीक्षण गर्दा ३७ जनामा पाठेघरको विभिन्न समस्याहरू देखियो ।

८३९ जनाको ल्याब परीक्षण गर्दा २७ जनामा पिसाबमा प्रोटिन चुहावट भएको र २५ जनामा पिसाबमा सुगर देखिएको थियो । त्यसैगरी ४२५ जनाको आँखा जाँच भएको मध्ये २० जनामा मेतिबिन्दुको शल्यक्रिया गर्नु पर्ने देखिएको थियो । आँखामा समस्या भएका २०७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

उक्त शिविरमा स्वास्थ्य परीक्षण पश्चात निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।

उक्त शिविरमा स्वास्थ्य जीवनका लागि शरीरका विभिन्न अंगहरूको भूमिका, उक्त अंगहरु संरक्षणका लागि अपनाउनु पर्ने सावधानी, अंगमा कुनै खराबी भएमा देखापर्ने लक्षण तथा उपचारका उपायबारेमा जानकारी प्रदान गरिएको थियो ।

मानवको मस्तिष्क मृत्युपश्चात गर्न सकिने स्वेच्छिक अंगदान समेतका बारेमा समेत सचेतना कार्यक्रम आयोजना गरियो । शिविरमा ६ जनाले मृत्यु पश्चात अंगदानको घोषणा गरे ।

स्वास्थ्य शिविरको पूर्वसन्ध्यामा वैशाख १७ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट मानव अंग संरक्षण तथा उपचार, मानव अंग प्रत्यारोपण सम्बन्धी विविध पक्षका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा केन्द्रकी कार्यकारी निर्देशक डा.कल्पना कुमारी श्रेष्ठ, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार तथा अन्य स्थानीयको समेत सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?