+
+
Shares

जसपाको विश्लेषण- रास्वपा आन्तरिक विवादमा नफसे पाँच वर्ष सरकार चल्न सक्छ

‘एक महिनामै मन्त्री बर्खास्त गर्नुपर्ने अवस्था काँचोपनाको गम्भीर अभिव्यक्ति’

बैठकले भूमिहीन सुकुमवासीहरूको घरबस्तीका डोजर लगाएर खाली गराएकोप्रति खेद प्रकट गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १५:३५

२१ वैशाख, काठमाडौं । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) आन्तरिक विवादमा नफसे पाँच वर्ष सरकार चलाउन सक्ने विश्लेषण गरेको छ । अध्यक्ष राईको अध्यक्षतामा दुई दिनसम्म चलेको जसपाको बैठकले यस्तो विश्लेषण गरेको हो । बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित पनि गरेको जसपाले जनाएको छ ।

जसपाले अनुभवहीन युवाहरूको मन्त्रिमण्डलले गर्ने कामकारबाही भने कच्चा देखिएको टिप्पणी गरेको छ । ‘सरकारका कतिपय निर्णयहरू कच्चा देखिएको र न्यायालयले उल्ट्याउने वा आफैँ फिर्ता लिनुपर्ने अवस्थाले बिहानीले दिनको संकेत गर्छ भनेझैँ पनि भएको छ’, प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘नियुक्त मन्त्रीहरूले महिना दिन पनि नपुग्दै बर्खास्त हुनुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था आउनु पनि काँचोपनाको गम्भीर अभिव्यक्ति हो ।’ तथापि सरकारले सार्वजनिक गरेका नीतिहरूप्रति जसपाले शंकाको सुविधा दिएको छ ।

यस्तै बैठकले भूमिहीन सुकुमवासीहरूको घरबस्तीका डोजर लगाएर खाली गराएकोप्रति खेद प्रकट गरेको छ ।

यस्तै सरकारले गरेको विद्यालय तथा विश्वविद्यालयहरूमा रहेका विद्यार्थी संगठनको संरचना खारेजीसम्बन्धी निर्णयप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्यार्थी संगठनहरूलाई विद्यार्थीको हक, हित र सुरक्षा एवं शैक्षिक वातावरण निर्माण र सामाजिक चेतना फैलाउन कार्यमा संलग्न हुनेगरी प्रभावकारी नियमनमार्फत सञ्चालन गर्नुपर्ने मत जसपाले राखेको छ ।

त्यस्तै जसपाले आधिकारिक ट्रेड युनियनको पक्षमा रहेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?