+
+
Shares

उड्डयन प्राधिकरण महानिर्देशक बन्न आकांक्षी २१ जना को हुन् ?

पर्यटन मन्त्रालयले २१ जना आवेदकको नाम सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन्।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २१ जना आवेदकको नाम सार्वजनिक गरेको छ।
  • प्राधिकरणको महानिर्देशक पद खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने मन्त्रालयले जनाएको छ।

२१ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न २१ जनाले आवेदन दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २१ जना आवेदकको नाम सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार उक्त  पदका लागि पूर्वकर्मचारी प्रभाकरचन्द्र मल्लिकले आवेदन दिएका छन् ।

यसै गरी उत्सवराज खरेल, श्यामकिशोर साह, प्रमोदकुमार चौधरी, मुरारिप्रसाद पौडेल, लवराज जोशी र जगन्नाथ निरौलाको आवेदन परेको छ ।

यसैगरी विष्णु गौतम, प्रेमनाथ ठाकुर, डा. त्रिलोचन पौडेल, देवेन्द्रप्रसाद पाण्डेय, टेकनाथ सिटौला, अर्जुन बस्नेत, लक्ष्मीप्रसाद उपाध्याय, उमेशकुमार पन्थी, दीपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झाले समेत आवेदन दिएका छन् ।

मन्त्रालयका सहसचिव मुकेश डंगोलले समेत आवेदन दिएका छन् । साथै, सञ्जय कुमारले पनि आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणको महानिर्देशक पदसमेत अब खुला प्रतिस्पर्धाबाट नियुक्त गरिँदैछ । मन्त्रालयले १२ वैशाखका दिन सूचना प्रकाशित गर्दै योग्य आवेदकसँग आवेदन माग गरेको थियो ।

प्राधिकरण ऐन २०५३ अनुसार नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा संलग्न रहेको र कुनै विदेशी मुलुकको नागरिकता नलिएको हुनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?