News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औद्योगिक सम्पत्तिको संरक्षणमा सरकार सजग रहेको बताउनुभयो।
- मन्त्री यादवले निजी क्षेत्र र दात्रृ निकायसँग समन्वय गरी नीति तथा कार्यक्रम कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
- सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार, लगानी प्रवर्द्धन र औद्योगिक पूर्वाधारको व्यवस्थामा सक्रिय भूमिका खेलिरहेको छ।
२३ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औद्योगिक सम्पत्तिको संरक्षण गर्न सरकार सजग रहेको बताएकी छिन् ।
मंगलबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्र तथा दात्रृ निकायहरुसँगको समन्वयमा त्यसलाई कार्यान्वयनमा लैजाने कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
‘आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रवर्द्धन, सहजीकरण तथा नियमन, औद्योगिक पूर्वाधारको व्यवस्था र औद्योगिक सम्पत्तिको संरक्षण गर्ने काममा सरकार सजग रहँदै आएको छ । यसको उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रसँग सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रमहरुको तर्जुमा गरिनेछ,’ उनले भनिन् ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रवर्द्धन गर्न पनि सरकारले सक्दो पहल गरिरहेको बताइन् । औद्योगिक पूर्वाधारको व्यवस्था गर्न पनि सरकार क्रियाशील रहेको मन्त्री यादवको भनाइ थियो ।
‘तर्जुमा गरिएका नीति तथा कार्यक्रमलाई विभिन्न मन्त्रालय, नेपाल सरकार तथा अन्य निकायहरु निजी क्षेत्र तथा दात्रृ निकायहरुसँग समन्वय गरी कार्यान्वयन गरिनेछ । सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गरी त्यसलाई अघि बढाउने कार्य गरिनेछ,’ मन्त्री यादवले भनिन् ।
प्रतिक्रिया 4