+
+
Shares

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले छाडे पद

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते २०:२९

२२ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पद छाडेको घोषणा गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा सकिएको बताएका छन् ।

आफू पदबाट बिदा भए पनि समाज र परिवर्तनप्रतिको उत्तरदायीत्व कहिल्यै समाप्त नहुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

१२ औं महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी आफूले पाएको भए पनि उक्त कार्य गर्न नसक्नु जीवनभर खड्किरहने पनि उनले बताएका छन् ।

‘आज कुनै बहाना वा दोषारोपण नगरी यस असफलताको सम्पूर्ण जिम्मेवारी म स्वयं स्वीकार गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?