+
+
Shares

छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध सिरहा प्रशासनलाई ज्ञापनपत्र

शुक्रबारदेखि चरणबद्ध आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णयविरुद्ध स्थानीयवासी र व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
  • स्थानीयवासी र व्यवसायीले २४ वैशाखमा ५ घण्टा हुलाकी मार्ग अवरुद्ध गरी सरकारविरुद्ध प्रदर्शन गरेका थिए।
  • जिल्ला प्रशासन कार्यालयले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि आन्दोलनमा प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरी उल्लंघनमा कडा कारबाहीको चेतावनी दिएको छ।

२४ वैशाख, सिरहा । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझइएको छ ।

सरकारको उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै प्रशासन कार्यालयमा स्थानीयवासी र व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

छोटी भन्सार बन्द गर्ने सरकारी निर्णय बाहिरिएसँगै उनीहरूले बिहीबार ५ घण्टा हुलाकी मार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले सरकारको उक्त निर्णयविरुद्ध भोलि शुक्रबारदेखि चरणबद्ध आन्दोलन गर्ने बताए ।

उनकाअनुसार २५ वैशाख बिहान ७ बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने, २६ वैशाखमा र्‍यालीसहित कोणसभा गर्ने, २७ वैशाख दिनभरि बजार बन्द तथा मसाल जुलुस प्रदर्शन गर्ने र २८ वैशाखदेखि अनिश्चितकालीन आमहड्तालको तयारीका लागि बृहत् छलफल गरिने छ।

आन्दोलनमा उत्रिएका स्थानीयवासी तथा व्यवसायीहरूले बिहीबार बिहान साढे ८ बजेदेखि बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकस्थित सडक बीचभागमा बेन्च राखेर हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवागमन प्रभावित बनेको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सिरहाले राजनीतिक उद्देश्यका लागि बालबालिकालाई आन्दोलन, हड्ताल, बन्द, चक्काजाम,धर्ना वा जुलुसमा प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६(२)(६) अनुसार राजनीतिक उद्देश्य पूर्तिका लागि बालबालिकाको प्रयोग गर्नु कानुनविपरीत हुने उल्लेख गरिएको छ ।

प्रशासनले जारी सूचनाको उल्लंघन गरी बालबालिकालाई आन्दोलनमा प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?