+
+
Shares

अर्थ सचिव उपाध्याय भन्छन्- बजेट रोजगारी सिर्जना गर्ने दिशामा केन्द्रित हुनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १०:४७

२५ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको लगानी आकर्षित गर्ने, उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

बजेट तर्जुमाका सन्दर्भमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै सचिव उपाध्यायले मुलुकमा राजनीतिक स्थिरतासँगै नयाँ आशा सञ्चार भएको अवस्थामा अर्थ मन्त्रालयले सोही अनुरूपको नीतिगत तयारी गरिरहेको जानकारी दिए ।

सचिव उपाध्यायले सरकारी लगानीले निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए । विगतमा जलविद्युत क्षेत्रमा सरकारले प्रसारण लाइन बनाइदिने र सिमेन्ट उद्योगसम्म पहुँच मार्ग पुर्‍याइदिने नीतिले ती क्षेत्रको विकासमा ठूलो टेवा पुर्‍याएको उदाहरण दिँदैनउहाँले यस्ता सफल नीतिहरूलाई अन्य क्षेत्रमा पनि विस्तार गरिने बताए ।

अर्थतन्त्रको आगामी कार्यदिशाका लागि सचिव उपाध्यायले ‘५–डी’ को अवधारणा प्रस्तुत गरे । उनका अनुसार लोकतन्त्र र सुशासनको लाभमार्फत आर्थिक वृद्धि गर्ने, ६२ प्रतिशत सक्रिय युवा जनशक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने र निजी क्षेत्रका कानूनी तथा प्रक्रियागत बाधा हटाउन ‘डि–रेगुलेसन’ गर्नु अहिलेको आवश्यकता हो ।

त्यसैगरी, प्रविधिको प्रयोगमार्फत तीव्र आर्थिक विकास हासिल गर्न डिजिटल सम्पती र ‘डिजिटाइजेसन’ मा लगानी बढाउनुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘सरकारले गर्ने खर्चको अर्थ हुनुपर्छ । एक रुपैयाँ सरकारी खर्चले कति निजी लगानी आकर्षित गर्नसक्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।’

विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र ज्ञानलाई नेपालको सार्वजनिक पूर्वाधार र उत्पादनशील क्षेत्रमा जोड्नसके आर्थिक समृद्धि हासिल गर्न सहज हुने उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?