News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्जका चार क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा ५ भारतीय र १ नेपाली गरी ६ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा बिहारका २६ वर्षीय गणेशकुमार, ३८ वर्षीय संदीपकुमार, ३१ वर्षीय सुरजप्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव र वीरगञ्जका ३७ वर्षीय जमुदिन मियाँ अन्सारी छन्।
- पक्राउ उनीहरूलाई किङ क्यासिना, फर्च्युन सिटी गेमिङ क्लव, क्यासिनो महाजोङमा विशेष सूचनाको आधारमा गरिएको हो।
२७ वैशाख, काठमाडौं । वीरगञ्जका विभिन्न ४ वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ५ भारतीयसहित ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको बिहार घर बताउने २६ वर्षीय गणेशकुमार, ३८ वर्षीय संदीपकुमार, ३१ वर्षीय सुरजप्रसाद, ४३ वर्षीय अल्लाह यादव र ३६ वर्षीय ओमप्रकाश यादव रहेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका-३२ का ३७ वर्षीय जमुदिन मियाँ अन्सारी पनि पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा किङ क्यासिना, फर्च्युन सिटी गेमिङ क्लव, क्यासिनो महाजोङ लगायत ठाउँमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4