+
+
Shares

९ महिनामा उपत्यकामा साढे ४ हजार सवारी दुर्घटना, १७४ जनाको मृत्यु

गत साउनदेखि चैत समान्तसम्म भएको उक्त दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको नौ महिनामा ४ हजार ६३१ सवारी दुर्घटना भएका छन्।
  • उक्त दुर्घटनामा १७४ जनाको मृत्यु र १८६ जना गम्भीर घाइते भएका छन्।
  • ४ हजार ९२७ जना सामान्य घाइते भएका छन् र मृत्यु हुनेमध्ये ७ जना १६ वर्ष मुनिका छन्।

२७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४ हजार ६३१ सवारी दुर्घटना भएका छन् ।

जसमा १७४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जानकारी दिएको छ । गत साउनदेखि चैत समान्तसम्म भएको उक्त दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् ।

त्यसैगरी ४ हजार ९२७ जना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख तथा एसएसपी नवराज अधिकारीले बताए ।

दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना १६ वर्ष मुनिका रहेका छन् । १६ देखि ३५ वर्ष उमेरसम्मका ८६ जना र ३६ वर्ष माथिका ८१ जना रहेको ट्राफिकले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?