+
+

पोष्टबहादुर विवाद समाधानका ओखती हुन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ११ गते १७:३५

११ असोज, नुवाकोट । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका उपाध्यक्ष स्वर्गीय पोष्टबहादुर बोगटीलाई ‘विवाद समाधानको ओखती’को संज्ञा दिएका छन् ।

हृदयघातका कारण निधन भएका नेता बोगटीको १३ औं पुण्यतिथिमा नुवाकोटमा आयोजित श्रद्धाञ्जलीसभामा अध्यक्ष प्रचण्डले बोगटीको निधनले पार्टी शोकमा डुबेको भन्दै पार्टीमा जारी विवाद अन्त्य गर्नुपर्ने बताए ।

नुवाकोटको तुप्चेस्थित बोगटी निवास परिसरमा बोल्दै प्रचण्डले पार्टीमा बोगटी स्वच्छ छविको नेता भएको बताए । उनले सर्वहारा वर्गको उत्थानका लागि क्रान्तिकै मोर्चाबाट प्राण त्याग गरेको भन्दै बोगटीको अधुरो सपना पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।

बोगटीको बाँकी सपना पूरा गर्न पार्टीले उनका नाममा प्रतिष्ठान स्थापना गरी बाँकी कार्यभार पूरा गर्ने अध्यक्ष दाहालले घोषणासमेत गरे ।

श्रद्धाञ्जली सभामा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोगटीको निधनले पार्टीलाई एकताबद्ध भएर अगाडि बढ्न पाठ सिकाएको बताए ।

गत भदौ ३० गते हृदयाघात र मस्तिस्कघातबाट एकीकृत माओवादीका उपाध्यक्ष बोगटीको निधन भएको थियो ।
बोगटीको १३ औं पुष्यतिथिमा एमाओवादीका पदाधिकारी तथा केन्द्रीय सदस्यसहितको समूह तुप्चेको भित्रिनिटारमा आयोजित श्रद्धाञ्जलीसभामा सहभागी भएका थिए ।

कपिलदेव खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?