+
+
Shares

कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई ८ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’

सरकारद्वारा बधाइ तथा शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १३:४२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई कान्स फिल्म फेस्टिभलको प्रिमियरमा ८ मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त भएको छ।
  • फिल्मले किन्नर समुदायको संघर्षको कथा समेटेको छ र अन्तर्राष्ट्रिय मिडियाले यसलाई सकारात्मक समीक्षा गरेका छन्।
  • सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारको तर्फबाट बधाइ दिएका छन् र नेपाली चलचित्र उद्योगको विकासमा प्रतिबद्धता जनाएका छन्।

काठमाडौं । नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) लाई कान्स फिल्म फेस्टिभलको प्रिमियरमा ८ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त भएको छ । फिल्मको सम्मानमा दर्शकले उभिएर ताली बजाए ।

अविनाशविक्रम शाह निर्देशित फिल्मलाई नेपाली समयानुसार बुधबार प्रिमियर गरिएको थियो । यस संस्करण कान्सको अन सर्टेन रिगार्ड विधामा फिल्म त्यहाँ प्रदर्शन गरिएको हो ।

प्रिमियरमा निर्देशक, कलाकार र निर्माता टोली सहभागी थिए । प्रिमियरमा सहभागी फिल्म वितरक तथा सह-निर्माता प्याट्रिक सुवेदी भन्छन्- ‘८ मिनेटभन्दा लामो समयसम्म दर्शकले उभिएर सम्मान प्रकट गरे । पूरै हल तालीले गुञ्जियो । भावनाले भरिएको एक अविस्मरणीय क्षण । ‘एलिफेन्ट्स इन द फग’ले कान्स फिल्म फेस्टिभलमा विश्व बजारमाझ नेपाली सिनेमाको इतिहास रचिरहेको छ ।’

प्रिमियर लगत्तै अन्तर्राष्ट्रिय मिडियाले फिल्मको समीक्षा लेख्न थालेका छन् । हलिउडको भेराइटीले समग्रमा सकारात्मक समीक्षा लेख्दै निर्देशक किन्नर समुदायलाई मानवीयकरण गरेको भन्दै प्रशंसा गरेको छ । प्रिमियरमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलसहितका अतिथिले पनि फिल्म हेरे ।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले कान्समा फिल्म प्रिमियर हुँदै गर्दा नेपालबाट सामाजिक सञ्जालमार्फत सरकारको तर्फबाट बधाइ तथा शुभकामना दिएका छन् ।

मन्त्री तिमिल्सिनाले उक्त फिल्मले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न योगदान पुर्‍याएको बताउँदै आगामी दिनहरूमा यस्ता गुणस्तरीय, सिर्जनात्मक र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम चलचित्रहरूको प्रवद्र्धन र विकासका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

‘नेपाली चलचित्र क्षेत्रले आगामी दिनहरूमा पनि यस्ता उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै विश्व चलचित्र मञ्चमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै जानेछ भन्ने विश्वास लिएको छु’ उनले भनेका छन् ।

किन्नर समुदायका मानिसको संघर्षको कथा समेटिएको यो फिल्मको प्रिमियर बुधबार राती भएपनि रेडकार्पेट समारोह चाहिँ आज बिहीबार राती आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?