+
+
Shares

संसद् बैठक चलिरहँदा औषधि अभाव भएको भन्दै सांसदलाई अस्पतालको फोन

नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालका अनुसार संसद् बैठक चलिरहँदा उनलाई औषधि अभाव भएको भन्दै अस्पतालबाट फोन आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक चलिरहँदा भक्तपुर क्यान्सर अस्पतालले सांसद गंगालक्ष्मी अवाललाई कार्बोप्लाटिन औषधि अभाव भएको भन्दै फोन गरेको छ।
  • सांसद अवालले सभामुखसँग समय मागेर कार्बोप्लाटिन औषधि अभावको विषयमा जानकारी गराएकी छन्।
  • उनीहरूले सरकारलाई कार्बोप्लाटिन औषधि यथासिघ्र उपलब्ध गराउन ध्यानाकर्षण गराउन चाहन्छन्।

७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहँदा औषधि अभाव भएको भन्दै भक्तपुर अस्पतालले सांसद्लाई फोन गरेको छ ।

नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालका अनुसार उनलाई संसद् बैठक चलिरहँदा औषधि अभाव भएको भन्दै फोन आएको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठक चलिरहेको थियो । सांसद अवाल उठिन र सभामुखसँग समय मागिन् । सभामुखले समय दिएपछि उनले यसबारे जानकारी दिइन् ।

उनले भनेकी छन्, ‘भर्खरै मलाई यहाँ बस्दा बस्दै भक्तपुर क्यान्सर अस्पिटलबाट फोन आयो । र उहाँले तुरुन्तै यो कार्बोप्लाटिन औषधि, क्यान्सर उपचारका प्रयोग हुने औषधि हस्पिटलमा मात्रै नभएर देशैभरी एकदमै सटेज र औषधि नपाएर क्यान्सरका बिरामी उपचार नपाएर बिना उपरचा फर्किनुपरेको र अहिले एकदमै गाह्रो भएको हुनाले यथासिघ्र सो कार्बोप्लाटिन औषधि उपलब्ध गराउनुहुन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?