+
+
Shares

सदनमा प्रधानमन्त्रीको खोजीपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख

प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता जारी छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच ७ जेठ, काठमाडौंमा भेटवार्ता जारी छ।

७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको खोजीपछि संसद् बैठक स्थगित गरी सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको थियो । सभामुखले सबै विपक्षी दलका नेताहरूसँग पनि भेटेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको  खोजी गर्दै विपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन् । दिनहुँ प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भन्दै सांसदहरूले सदनमा खोजेपनि सभामुखले बैठकमा आउन  रुलिङ गरेका छैनन् । विपक्षी सांसदहरूले रुलिङ गरेरै बोलाउनुपर्ने माग गर्दै आएका छन् । प्रधानमन्त्रीको तर्फबाट सदनमा मन्त्रीहरूले जवाफ दिने र विधेयक पेश गर्ने काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?