+
+
Shares

रास्वपा महामन्त्रीलाई प्रश्न– संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन शाहले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताए।
  • सरकारले मन्त्रीहरुलाई कार्यविभाजन गरेर संसदमा उठेका प्रश्नको जवाफ दिने तालिका बनाइरहेको जानकारी उनले दिए।
  • मन्त्रीहरूले सम्बन्धित मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिने गरी कार्यविभाजन गरिएको उनले उल्लेख गरे।

६ जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन शाहले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन् ।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीले प्रधानमन्त्रीले संसदलाई सम्बोधनबारे प्रश्न गरेका थिए ।

सो प्रश्नको जवाफका क्रममा उनले भने, ‘प्रधानमन्त्रीज्यूको तालिका भनेर आउनेभन्दा पनि तयारी अनुसार आउँछ । सरकारले संसदमा उठेका सबै प्रश्नको जवाफ दिनेगरी तयारी गरिरहको भन्ने जानकारी प्राप्त छ ।’

सरकारले मन्त्रीहरुलाई कार्यविभाजन गरेर संसदमा जवाफ दिने तालिका बनाइरहेको जानकारी पनि आफूले पाएको चाहिँ उनले बताए । मन्त्रीहरूले सम्बन्धीत मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनेगरी कार्यविभाजन गरिएको समेत उनले बताए ।

‘मूलत: सरकारमाथि उठेका प्रश्नको जवाफ संसदमा सरकारले दिने हो । द त्यसको आधारमा सरकारले मन्त्रीहरुलाई कार्यविभाजन गरेर संसदमा जवाफ दिने तालिका बनाइराखेको छ,’ उनले भने, ‘केही मन्त्रीहरुको आजभोलिको तालिमा परेको भन्ने पनि मैले जानकारी पाएको छु । संसदमा उठेका प्रश्नहरुको जवाफ संसदमा आउाछ । सोहीअनुसार सरकारले तयारी गरिराखेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?