News Summary
Generated by OK AI. Editorially reviewed.- व्यवसायी मीनबहादुर गुरूङले दानमा दिने प्रस्ताव गरिएको भवन नेकपा एमालेले फिर्ता गर्ने निर्णय गरेको छ।
- नेकपा एमाले सचिवालय बैठकले दानमा लिने भवनको प्रस्ताव फिर्ता गरी बल्खुमै नयाँ कार्यालय बनाउने निर्णय गरेको छ।
- एमाले महासचिव शंकर पोखरेलले मदन–आश्रित दिवसको अवसरमा बल्खुमै केन्द्रीय कार्यालय बन्ने घोषणा गरिसकेका छन्।
७ जेठ, काठमाडौ । एमालेले व्यवसायी मीनबहादुर गुरूङले आफ्नो तर्फबाट अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ ।
सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।
‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पत्ति) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ ।
गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए । तर उक्त भवन निर्माण भएको थिएन ।
सचिवालय बैठकले अब बल्खुमै केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अगाडि बढाएको छ । मदन–आश्रित दिवसको अवसर पारेर महासचिव शंकर पोखरेलले बल्खुमै कार्यालय बन्ने घोषणा गरिसकेका छन् ।
व्यावसायी गुरुङबाट दानमा जग्गा लिएर उनकै सौजन्यमा भवन पनि बनाउने निर्णयले एमालेमा ठूलो विवाद निम्त्याएको थियो । यही विषयलाई लिएर प्रश्न उठाउने नेताहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि एमालेले अनुशासनको कारबाही गरेको थियो ।
प्रतिक्रिया 4