+
+
Shares

पेलेरै अघि बढे सभामुख

स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलको विरोधका बाबजुद प्रतिनिधिसभाको दोस्रो बैठक पेलेरै अगाडि बढाएका छन्।
  • प्रधानमन्त्री शाहको अनुपस्थितिमा सभामुखले कानुन मन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गराउन समय दिएका छन्।
  • विपक्षीले प्रधानमन्त्रीको खोजी र प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुनुमा प्रश्न उठाउँदा सभामुखले सत्तापक्षबाट जवाफ दिन समय दिएका छन्।

७ जेठ, काठमाडौं । विपक्षी दलहरूले राखेको मागलाई वेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्याल सभा सञ्चालनको सन्दर्भमा पेलेरै अगाडि बढेका छन् ।

प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए ।

स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधनमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि निरन्तर संसद्मा प्रधानमन्त्रीको खोजी भइराखेको स्मरण गरे । आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसद्मा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भनेर प्रश्न उठाए ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा यस सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिन बिहीबार नै भएको स्मरण गरे । सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेकिरहेका बेला प्रधानमन्त्रीले अगाडि बढाउने कार्यसूची पेस गर्न सभामा अर्को मन्त्रीलाई पठाएको भनेर विपक्षीले प्रश्न उठाएका हुन् ।

तर, सभामुखले सत्तापक्षबाटै विपक्षीको प्रश्नको जवाफ दिन समय दिए ।

रास्वपाका सांसद अशोक कुमार चौधरीले प्रधानमन्त्रीलाई अर्को मन्त्रीलाई कार्यसूची अगाडि बढाउने अधिकार रहेको स्मरण गराए ।

त्यसपछि सभामा सत्तापक्ष र प्रतिपक्षबीच सवालजवाफ हुन थाल्यो । त्यसपछि सभामुखले १५ मिनेटका लागि सभा नै स्थगित गरेका थिए ।

स्थगित भएर बसेको बसेको दोस्रो बैठकमा सभामुख विपक्षीको विरोधकाबीच अगाडि बढेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?