+
+
Shares

सांसदहरूलाई सभामुखको आदेश – प्ले कार्ड र पर्चासहित विरोधको शैली संसद्‍मा नदेखाउनू

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ११:४८

४ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउन आदेश गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेको छ । उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि गएर देखाए । त्यसपछि छातीमा पर्चा टाँसेर सभाको बैठकमा सहभागी भए ।

त्यसपछि सभामुखले भने, ‘श्रम संस्कृति पार्टीकोतर्फबाट माननीय सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो’, उनले भने, ‘प्रतिनिधिसभाको यो सभा साच्चि नै महत्वपूर्ण हुने र कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो ।’

यसक्रममा सभामुखले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्मा नदेखाउन आदेश गरेका हुन् ।

सभामुखले अर्यालले भनेका छन्, ‘त्यसकारणले विरोध गर्ने बिभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा बसेर विरोध गरिदिन म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रुपमा पनि लिइदिन म जानकारी गराउँछु ।’ यस्तो शैलीलाई उनले असंसदीय समेत भनेका छन् ।

‘पर्चा देखाएर विरोध गर्ने सदनमा यो हाम्रा कानुन अथवा नियमावली न हाम्रा प्राक्टिस कसैले पनि दिएको देखिँदैन्’, सभामुखले भनेका छन्, ‘यसकारण आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नका लागि म जानकारी गराउँछु ।’

सभामुखले यस्तो आदेश गरेपछि पनि श्रम संस्कृतिका पार्टीका सांसदहरू छातीमा पर्चा टाँसेरै बसिरहेका छन् ।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्री उपस्थित भएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

संसद्‍मा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ । त्यो पनि जेठ महिना र असार महिनाको संसदीय क्यालेन्डरमा छैन ।

यस्तो बेला श्रम संस्कृति पार्टीले संसद्‍मै प्ले कार्ड देखाएर विरोध जनाएको हो । यस्तो शैलीलाई सभामुखले संसदीय मर्यादा विपरीत रहेको भनेर विरोधको शैली बदल्न आदेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?