+
+
Shares

नेकपा कोशी प्रदेश संसदीय दलको उपनेतामा गौतम

नेकपा कोशी प्रदेशसभा संसदीय दलले संसदीय दलको उपनेताको जिम्मेवारी सांसद बाबुराम गौतमलाई दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा कोशी प्रदेशसभा संसदीय दलले उपनेताको जिम्मेवारी सांसद बाबुराम गौतमलाई दिएको छ।
  • संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रमुख सचेतकमा विद्या चाम्लिङ र सचेतकमा सपना दर्जीलाई जिम्मेवारी दिएका छन्।
  • आङ्बोले प्रदेश सभामा पार्टीको भूमिकालाई प्रभावकारी र सशक्त बनाउन जिम्मेवारी तोकिएको जानकारी दिएका छन्।

७ जेठ, विराटनगर । नेकपा कोशी प्रदेशसभा संसदीय दलले संसदीय दलको उपनेताको जिम्मेवारी सांसद बाबुराम गौतमलाई दिएको छ । गौतम यसअघि कोशी प्रदेश सभाको सभामुखको जिम्मेवारीमा थिए ।

बिहीबार संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले दलको प्रमुख सचेतकको जिम्मेवारी विद्या चाम्लिङ र सचेतकको जिम्मेवारी सपना दर्जीलाई दिएका हुन् । चाम्लिङ तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित सांसद हुन् । गौतम र दर्जी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा पार्टीको भूमिकालाई प्रभावकारी, सशक्त बनाउनका लागि जिम्मेवारी तोकिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?