+
+
Shares

होन्डुरस गोलीकाण्डमा २५ जनाको मृत्यु, मजदुर र प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होन्डुरसमा दुई आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा १९ मजदुर र ६ प्रहरी अधिकारी छन्।
  • पहिलो आक्रमण ट्रुजिलो सहरको बगानमा भएको थियो र दोस्रो ओमोआ सहरमा प्रहरीमाथि भएको थियो।
  • सरकारले दुवै घटनाको अनुसन्धान गर्न फरेन्सिक टोली पठाएको र सुरक्षा अभियान तीव्र पार्ने बताएको छ।

८ जेठ, काठमाडौं । होन्डुरसमा बिहीबार भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ । जसमा १९ जना मजदुर र ६ जना प्रहरी अधिकारी रहेका छन् । अधिकारीहरूका अनुसार दुवै आक्रमणमा अज्ञात बन्दुकधारीहरूले गोली चलाएका थिए ।

पहिलो आक्रमण उत्तरी होन्डुरसको ट्रुजिलो सहरस्थित एउटा बगान (प्लान्टेसन) मा भएको थियो । सार्वजनिक अभियोजक कार्यालयका प्रवक्ता युरी मोराले दिएको जानकारीअनुसार उक्त आक्रमणमा १९ जना मजदुर मारिएका छन् ।

रिपोर्टहरूका अनुसार, यो क्षेत्र लामो समयदेखि जग्गा विवाद र कृषि संघर्षको केन्द्र रहँदै आएको छ । वातावरण संरक्षणकर्मीहरूमाथि हुने आक्रमणलाई लिएर पनि यो क्षेत्र पहिलेदेखि नै चर्चामा रहने गरेको छ ।

दोस्रो आक्रमण ग्वाटेमालाको सिमाना नजिकै ओमोआ सहरमा भएको थियो, जहाँ बन्दुकधारीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेका थिए । यसमा एक वरिष्ठ अधिकारीसहित ६ जना प्रहरी मारिएका छन् ।

प्रहरीका अनुसार, ती अधिकारीहरू एन्टी–ग्याङ मिसनमा खटिएका थिए र राजधानी तेगुसिगाल्पाबाट ओमोआ जाँदै थिए ।

होन्डुरसको सुरक्षा मन्त्रालयले दुवै आक्रमणको अनुसन्धान गर्न फरेन्सिक विशेषज्ञ र अभियोजकहरूको टोली पठाइएको जनाएको छ । सरकारले प्रभावित क्षेत्रहरूमा सुरक्षा अभियानलाई तीव्र पार्ने बताएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?