+
+
Shares

महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीन उम्मेदवार मैदानमा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकालले उम्मेदवारी दिएका छन्।
  • कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलले उम्मेदवारी दिएका छन्।
  • निर्वाचन आज साढे ४ बजेबाट सुरु भएर आजै मतगणना हुनेछ।

८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि तीन उम्मेदवार मैदानमा उत्रिएका छन् ।

महासंघका अनुसार आज हुन लागेको निर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको हो । जसमा रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकाल रहेका छन् ।

उता, कोषाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । जसमा मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेल प्रतिस्पर्धामा उत्रिएका हुन् । निर्वाचन तालिका अनुसार यी दुई पदका लागि आज साढे ४ बजेबाट मतदान हुनेछ । आजै मतगणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?