२३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । उनले १ हजार ७ मत प्राप्त गरे ।
पाण्डेका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले भने ७ सय ५० मत ल्याइन् । एसाेसिएट दुई सदस्यमा जुना माथेमा र अभिज्ञा मल्ल विजयी भए । उनीहरूले क्रमश: १ हजार १ सय ५६ र १ हजार मत ल्याए ।
योसँगै महासंघमा निर्वाचन प्रक्रिया पूरा भएको छ । मतपरिणामको आधिकारिक घोषणा तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4