+
+
Shares

महासंघ निर्वाचन : यी हुन् एसोसिएटतर्फ कार्यसमितिका १७ विजयी सदस्य

सचिन ढकाल सर्वाधिक १ हजार ३ सय १८ मतसहित विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ कार्यसमिति सदस्यको निर्वाचनमा सचिन ढकालले सर्वाधिक १ हजार ३ सय १८ मत पाएका छन्।
  • हेमन्त गोल्छाले १ हजार २ सय २ मत ल्याएर विजयी भएका छन् भने अम्बिकाप्रसाद पौडेलले १ हजार १ सय ८३ मत प्राप्त गरेका छन्।
  • उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल लगायतले पनि विजयी भएका छन् र कुल मत परिणाम सार्वजनिक भइसकेको छ।

२३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउने क्रम जारी छ । अहिलेसम्म एसोसिएटतर्फ कार्यसमिति सदस्यको नतिजा सार्वजनिक भएको छ ।

जसअनुसार सचिन ढकाल सर्वाधिक १ हजार ३ सय १८ मतसहित विजयी भएका छन् । हेमन्त गोल्छाले १ हजार २ सय २ मत ल्याए ।

त्यस्तै अम्बिकाप्रसाद पौडेलले १ हजार १ सय ८३, उज्ज्वलकुमार श्रेष्ठ १ हजार १ सय ४६, शक्तिकुमार बेगानी १ हजार १ सय ४२ र ऋषि अग्रवालले १ हजार १ सय २२ मत ल्याएर विजयी भए ।

यसैगरी राजेशकुमार अग्रवालले १ हजार ८२, सुयस प्याकुरेल १ हजार ६९, सुशील थापाले १ हजार ५४ मत पाए । त्यस्तै रामशरण भण्डारी १ हजार ४३, बाबुकाजी कार्की १ हजार ६, दिवश न्यौपाने ९ सय ९१, प्रियराज रेग्मी ९ सय ५४ र ईश्वरबहादुर जिसीले ९ सय ४५ मत ल्याएर विजयी भए ।

यस्तै सुरज उप्रेती ९ सय ७, कृष्णलाल महर्जन ८ सय ७४ र बटु लामिछाने ८ सय ६० मतसहित विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?