+
+
Shares

त्रिचन्द्रका विद्यार्थी चाहन्छन् शिक्षामन्त्रीसँग ‘खुला संवाद’

सरकारले ल्याएको प्रशासनिक सुधारको बुँदा नं. ८६ मा उल्लेख भएका विषयबारे शिक्षामन्त्रीसँग आफूहरूले छलफल गर्न चाहेको स्ववियु अध्यक्ष गोविन्द कोइरालाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले शैक्षिक क्षेत्रमा प्रशासनिक सुधारको दीर्घकालीन प्रभावबारे शिक्षामन्त्रीसँग छलफल आवश्यक रहेको बताएको छ।
  • स्ववियु अध्यक्ष गोविन्द कोइरालाले सरकारको नियतबारे स्पष्टताका लागि विद्यार्थी र शिक्षामन्त्रीबीच खुल्ला संवाद आवश्यक रहेको उल्लेख गरे।
  • विद्यार्थी र शिक्षामन्त्रीबीचको संवाद आगामी शुक्रबार त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सहजीकरण गर्ने तय भएको छ।

२३ वैशाख, काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले शैक्षिक क्षेत्रमा पार्ने दीर्घकालीन प्रभावबारे शिक्षामन्त्रीसँग छलफल आवश्यक रहेको बताएको छ ।

सरकारले ल्याएको प्रशासनिक सुधारको बुँदा नं. ८६ मा उल्लेख भएका विषयबारे शिक्षामन्त्रीसँग आफूहरूले छलफल गर्न चाहेको स्ववियु अध्यक्ष गोविन्द कोइरालाले बताए ।

‘सरकारको नियतका विषयमा स्पष्टताका लागि विद्यार्थीसँगको संवाद आवश्यक छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूसँग खुल्ला संवाद गर्न चाहन्छौं,’ कोइरालाले भने ।

विद्यार्थी र शिक्षामन्त्री बीच हुने संवादमा त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सहजीकरण गर्ने उनले बताए ।

संवादको सयम आगामी शुक्रबारको लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?