News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधान अनुसार स्वत: अध्यक्ष भएका छन्।
- महासंघको अध्यक्षको कार्यकाल तीन वर्षको हुन्छ र वरिष्ठ उपाध्यक्षले एक कार्यकाल स्वत: अध्यक्ष हुने व्यवस्था छ।
- श्रेष्ठले २०५९ सालदेखि महासंघमा काम गर्दै आएका छन् र पारिवारिक व्यवसायमा २०४५ सालदेखि संलग्न छन्।
२३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्व अञ्जन श्रेष्ठको काँधमा आएको छ । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधान व्यवस्था अनुसार उनी अध्यक्ष भएका हुन । अध्यक्षको कार्यकाल तीन वर्षको हुन्छ ।
महासंघ विधानको दफा २९ को उपदफा ३ मा ‘उपदफा २९.२ मा जुनसुकै कुरा लेखिएको भए तापनि यो विधान लागु हुँदाका बखत कायम वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालका लागि स्वत: अध्यक्ष हुनेछ र सो पश्चात महासंघ अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ’ उल्लेख छ ।
विधानको सोही व्यवस्थाका आधारमा श्रेष्ठ महासंघको स्वत: अध्यक्ष बनेका हुन् । महासंघ कार्यकारिणी समिति अध्यक्ष बाहेक पदाधिकारी तथा सदस्यहरूको मंलबार निर्वाचन भएको छ ।
हालसम्म महासंघको मंगलबारको निर्वाचनको अन्तिम नतिजा पनि आइसकेको छ ।
महासंघमा वरिष्ठ उपाध्यक्षबाट स्वत: अध्यक्ष हुने श्रेष्ठ चौथो हुन् । यसअघि स्वत: अध्यक्ष हुनेमा भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षबाट स्वत: अध्यक्ष भएका थिए ।
बुधबारदेखि महासंघ अध्यक्ष घोषणा भएका श्रेष्ठ व्यावसायकि घराना लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । उनले अटो, सेवा, पर्यटन, उत्पादनमूलक लगायत क्षेत्रमा लगानी गरेका छन् ।
२०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका श्रेष्ठसँग विभिन्न समितिमा रहेका काम गरेको अनुभव पनि छ । महासंघको ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका उनी २०४५ सालदेखि पारिवारिक व्यवसायमा संलग्न छन् ।

प्रतिक्रिया 4